लेखनाथ,१५ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा २९, भण्डारढिकमा रहेको जनप्रकाश बहुमुखी क्याम्पस व्यवहारिक र गुणस्तरीय शिक्षाका लागि नयाँ योजनाका साथ अगाडि बढ्ने भएको छ ।
२०६२ सालदेखि व्यवस्थापन संकालय पढाइ सञ्चालन गर्दैआएको क्याम्पसले समयको माग र अन्तर्राष्ट्रियस्तरको मापदण्ड कायम गर्नका लागि बिहीबार सरोकारवालाबीच राखेको अन्तरक्रियामा सहभागीले कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत क्याम्पसले विभिन्न चरणमा हुने मूल्यांकन पार गरी अहिले एसएसआर प्राप्तिका लागि काम गरिरहेको र भविष्यमा क्यूएएको मापडण्डमा जाने निधो गरेको हो ।विद्यार्थीको माग र प्रदेश ४ कै आवश्यकता मध्यनजर राख्दै निकट भविष्यमा एमविए तथा होटल म्यानेज्मेन्ट कक्षा समेत थप गर्ने योजना बनाएको क्याम्पसले एलओआई प्राप्त गरिसकेको छ ।क्याम्पस व्यवस्थापन समिति अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा भवन निर्माण समिति अध्यक्ष मेजर रामप्रसाद गुरुङले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रममा उपप्राध्यापक अर्जुन ओझाले इएमआइएस वेवसाइट र उपप्राध्यापक कृष्णप्रसाद तिवारीले एसएसआरबारे भइरहेका प्रगतिको जानकारी गराएका थिए ।
कार्यक्रममा वडा २९ का वडाध्यक्ष चेतवहादुर गुरुङले क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि सहयोग गर्ने बताए ।
त्यस्तै, क्याम्पस प्रमुख ऋषि बुढाथोकीले क्याम्पसको गतिविधि र भावी योजनाबारेमा जानकारी गराएका थिए ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९