काठमाडौं, १४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट बैशाख १ गते देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।
कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्घाटन गर्न राराताल जाने कार्यक्रम रहेकोले सोही स्थानबाट ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका हुन्। ट्रेड यूनियन महासंघ -जिफन्ट) को महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराए।
‘कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु प्रधानमन्त्री ओलीले भने, ‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकोले त्यसको पर््रवर्द्धनमा सबै लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड थियो।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने बताए। ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले नेपाल बनाउँछ। केही वर्षमा मानिसले नेपाललाई सिंगापुर र स्वीट्जरल्याण्डजस्तो भन्नेछन्।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताको सेवक भएकोले कसैलाई दमन नगर्ने बताए। तर हत्या, हिंसा, चन्दाको माध्यमबाट समाजलाई आतंकित पार्नेहरुलाई नछोड्ने पनि प्रधानमन्त्रीले चेतावनी दिए। ‘सरकार जनताको सेवक हो। कसैलाई दमन गर्दैन तर जनतालाई दुःख दिने, आतंक फैलाउनेलाई चाँही छोड्दैन’ उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले सरकारका हरेक अभियान अब आक्रमक शैलीमा अघि बढ्ने बताउँदै भने, ‘यसपाली म एकजना बालिकालाई विद्यालय भर्ना गराउँछु र देशैभरका जनप्रतिनिधिलाई पनि त्यसै गर्न लगाउँछु। आगामी बैशाख ५ गते निरक्षरताविरुद्ध हमला गरौं।’
भ्रष्टाचार नियन्त्रण, ढिलासुस्ती, विकास निर्माण लगायत सबै क्षेत्रमा यसै प्रकारका हमला गरेर अघि बढ्ने प्रधानमन्त्रीले उद्घोष गरे। प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा देशको अर्थतन्त्र अफ्ठ्यारोमा रहेको र समृद्ध नेपालको लागि आर्थिक विकास अनिवार्य रहेको बताए। देशको विकासकै लागि भनेर जनताले दुर्इ तिहाइको सरकार बनाउन पुग्ने गरी मत दिएको र जनताको त्यो आशालाई सरकारले पूरा गरेरै छाड्ने प्रधानमन्त्रीको भनाइ थियो। जनताको साथ लिएर समृद्ध नेपाल बनाउने, भ्रष्टाचार उन्मूलन गर्ने र हिंसाको आडमा कोही कसैलाई फाइदा उठाउन नदिने प्रतिबद्धता उनले जनाए।
Related News
सम्बन्धित समाचार
विष्णुपादुका माविमा बस सेवा
डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे
सुनास कास्कीको साधरणसभा
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
पोखरामा सुनिए कवि मञ्जुल
hero news full width
मुख्य समाचार
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०