गगनगौंडामा बस दुर्घटना १ को मृत्यु, १० घाइते

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७४

लेखनाथ, १४ चैत।पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ३४१ नम्बरको मिनीबस बुधबार तल्लो गगनगौंडामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते लमजुङ धमिलीकुवाँका २६ वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारक्रममा निधन भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा पोखरा लामाचौर १९ का ३० रमेश गैरे, २४ वर्षीय शंकर नेपाली, पोखरा १४ चाउथेका २१ वर्षीय विमश सुनार, चितवनकी ३४ वर्षीया वीना गुरुङ, नवलपरासी वर्दघाटकी १७ वर्षीया सुष्मा तिवारी, चितवन भरतपुर ८ का ५२ वर्षीय सुदीप पौडेल, ६१ वर्षीय गौरीशंकर रेग्मी, पोखरा १२ भृकुटीटोलकी ८ वर्षीया सुविना गुरुङ, पोखरा १४ का ३५ वर्षीय धनबहादुर सुनार रहेका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेका ती घाइतेको अवस्था सामान्य छ ।

यस्तै, पर्वत फलेवासका ३१ वर्षीय रामप्रसाद पाठकको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बसमा सवार केही यात्रु सामान्य उपचारपछि घर फर्किसकेका छन् । दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षा निकायको सहयोगमा घाइतेको उद्धार गरिएको थियो ।

इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार पोखरा ३२ पृथ्वीराजमार्ग तल्लो गगनगौडास्थित प्रस्तावित बसपार्क क्षेत्रमा बिहान सवा ८ बजे राजमार्गबाट करिब ४० फिट तल खसेर बस दुर्घटना भएको हो । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

Related News

सम्बन्धित समाचार

  • रविलाई १० दिन म्याद थप

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    पोखरा । पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अझै १० दिन हिरासतमै राखेर अनुसन्धान…
  • देउसीभैलोमा रमाए पर्यटक

    आदर्श समाज सम्वाददाता कार्तिक २०, २०८१
    म्याग्दी । जिल्लाका पर्यटकीय स्थलमा भ्रमणका लागि आएका विदेशी पर्यटकहरु देउसीभैलोमा रमाएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गको भ्रमणमा आएका पर्यटकहरु…
  • दाईजो स्वरूप गाउँ नै दिने प्रथा

    रासस कार्तिक १९, २०८१
    इनरुवा । राई मधेस क्षेत्रमा दाईजो प्रथा अझै कायमै रहेको खबर बेलाबेला आउने गरेकै छन् । मधेस क्षेत्रमा बसोबास गर्ने…
  • पोखरामा भाइटीका महोत्सव

    आदर्श समाज सम्वाददाता कार्तिक १८, २०८१
    पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन् । होटल संघ पोखरा आयोजनामा आइतबार १७ औं…
  • आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

    रासस कार्तिक १८, २०८१
    काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य…

hero news full width