पोखरा, १४ चैत। ४५ वर्षपछि जन्मभूमि दर्शनका लागि नेपाल आएका जैन श्रवण संघीय मन्त्री पण्डितरत्न आशिष मुनि महाराज सम्मानित भएका छन्।
उनले अक्षरारम्भ गरेको पर्वतको कार्कीनेटास्थित अन्नपूर्ण् माविको प्राङ्गणमा बुधबार आयोजित मुनिजीको ६६ औं शुभजन्मोत्सव समारोहबीच सम्मान गरिएको हो। समारोहमा प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्मा, मानव मिलन संस्था तथा जैन मुनिहरुबाट दोसल्ला ओढाएर उनको सम्मान गरिएको हो।
त्यस अवसरमा प्रमुख अतिथि शर्माले कार्कीनेटाबाट अध्ययनका लागि भारत गएका एक बालक मुनि बनेर जैन धर्मको उच्च स्थानमा पुगेको थाहा पाउँदा नगरवासीमा खुशी छाएको बताए।
साथै उनले आशिष मुनिमार्फत विद्यालयलाई सहयोग प्राप्त भएकोमा ठूलो प्रेरणा मिलेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले योजना तयार गरिसकेको जानकारी दिए।
पण्डितरत्न आशिष मुनि महाराजले सबै प्राणीको रक्षा गर्ने प्र्रणसहित आफू जैन धर्ममा लागेको चर्चा गर्दै भारतमा ठूलो आदर प्राप्त भएको बताए। साथै उनले जन्मभूमिमा प्राप्त स्नेह र सम्मानप्रति आभार व्यक्त गर्दै मानिसले आफ्ना लागिमात्र नभै परोपकारका कार्य गर्नुपर्नेमा जोड दिए। नेपाल केशरी डा मणिभद्र मुनिजी महाराजले आहार शुद्ध र व्यवहार शुद्ध छ भने जुनसुकै धर्मको भए पनि सम्मानित हुने र खराब छ भने आफन्तबाट समेत तिरस्कार हुने बताए। उनले भने, ‘जन्मभूमिलाई कसैले बिर्सन नसक्ने हुँदा मातृभूमिकै मायाले जैनमुनि र साध्वीहरु यहाँ आउनुभएको छ।’
तत्व चिन्तक उत्तम मुनि महाराजले झुटो नबोल्ने, हिंसा नगर्ने र सबैप्रति दया तथा करुणाको भाव राख्नुपर्नेमा जोड दिए। समारोहमा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोला, मानव मिलन नारी जागरण नेपालका संस्थापक अध्यक्ष सावित्री शर्मा, मानव मिलन संस्था पोखराका अध्यक्ष रमेशराज सुवेदी, फलेवास नगरपालिका वडा १ का वडाध्यक्ष बाबुराम शर्मा, साध्वीहरु प्रिय दर्शना, उपासना, सिर्जनाजी महाराजले शुभकामना व्यक्त गरेका थिए।
अन्नपूर्ण् मावि व्यवस्थापन समितिका अध्यक्ष दण्डपाणि शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षक तर्ीथप्रसाद शर्मा र विद्यार्थी सभ्यता शर्माले स्वागत मन्तव्य राखेका थिए। शिक्षक पूर्ण्चन्द्र शर्माले सञ्चालन गरेको सो कार्यक्रममा विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
समारोह अघि जैनमुनिहरुलाई बाजागाजासहित स्वागत गरिएको थियो।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९