पोखरा, १४ चैत । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकार र निर्माण व्यवसायीको सहकार्यबाट मात्र देशले खोजेको समृद्धि प्राप्त गर्न सकिने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश ४ तदर्थ समितिको प्रथम भेला पोखरामा बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
उनले निर्माण व्यवसायीले उठाउँदै आएको निर्माणमैत्री कानून बनाउन आफू तयार रहेको उल्लेख गर्दै कानून निर्माणपछि व्यवसायीले गुणस्तरीयताका साथै जुनसुकै काम पनि तोकिएको मितिभित्रै सम्पन्न गर्नुपर्ने धारणा राखे।
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले समयमै काम सम्पन्न नगर्ने ठेकेदारप्रति प्रदेश सरकार कठोर बन्ने संकेत गरे।
काम नगर्ने तर ठेक्का मात्र ओगटेर बस्ने ठेकेदारप्रति लक्षित गर्दै मन्त्री बस्नेतले भने, ‘अब च्याँखे थाप्ने ठेकेदार आवश्यक छैन। निर्माण गर्ने व्यवसायी आवश्यक छ।’
मुलुक निर्माणको चरणमा प्रवेश गरेको र पूर्वाधार विकास विना समृद्धि हासिल नहुने भएकोले व्यवसायीलाई पनि त्यसतर्फ लाग्न बस्नेतले आग्रह गरे।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले व्यवसायीहरुभित्र पनि ठेक्का पार्न लो विड गर्ने, काम लिने अनि अड्काउने गरिएको स्वीकार गर्दै श्रेष्ठले काम नगर्ने पेस्की लिएर हिँडने व्यवसायीको महासंघले संरक्षण नगर्ने प्रतिबद्धता व्यक्त गरे।
श्रेष्ठले काम सम्पन्न हुँदा समेत अहिले पनि व्यवसायीको अबौर् रकम भुक्तानी हुन नसकेको भन्दै राज्यले समयमै भुक्तानी गर्ने व्यवसथा मिलाउन माग गरे।
महासंघका पूर्व अध्यक्ष शकुन्तलाल हिराचनले अहिलेको कानूनले कर अधिकृतलाई असीमित अधिकार दिएको भन्दै कर अधिकृतले बक्रदृष्टि राखे कोही पनि व्यवसायी बाँकी नरहने भन्दै कानून बदल्न माग गरे।
भेलाले ओमप्रसाद गौचनको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमार् इमनाथ खनाल, महासचिवमा टंकराज बराल, सचिव सन्तोष सुवेदी र कोषाध्यक्षमा कृष्ण लम्साल छन्। ११ वटै जिल्लाका अध्यक्ष पदेनसदस्य छन्। निर्माण व्यवसायी महासंघले सातै प्रदेशमा महासंघको प्रादेशिक समिति गठन गरेको छ।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९