पोखरा, १४ चैत । लाखौं रकम ठगी आरोपमा एक महिला समातिएपछि प्रहरी हवल्दार समेत यस प्रकरणमा मुछिएका छन् ।
कास्की दाङसिङ घर भई पोखरा २ बस्ने निशु परियार(थापा भनेर चिनाउने) सँग मिलेर ब्याजमा पैसा लिएको र फिर्ता नदिएको आरोप प्रहरी हवल्दार सुमन अधिकारीलाई लागेको हो ।
हवल्दार अधिकारी पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटस्थित बाल सुधार गृहमा कार्यरत छन् । एक हप्ता अघिसम्म उनी जिल्ला प्रहरी कार्यालयमै रहेको बुझिएको छ । जबर्जस्ती करणी मुद्दामा गृहमा रहेका १४ वर्षीय बालक भागेपछि प्रहरी टोली परिवर्तन गर्दा अधिकारी त्यहाँ पुगेका थिए । ३५ वर्षीय प्रहरी हवल्दार अधिकारीको घर गोर्खा आरुपोखरी रहेको बुझिन आएको छ ।
सापट माग्ने, ब्याज दिन्छु भन्दै धेरैजनासँग रकम लिएको मौखिक उजुरी परेेको र घटनामा प्रहरी हवल्दारको संलग्नता रहेको आरोप आएपछि सोधपुछ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले पुष्टि गरे ।
‘मौखिक उजुरी परेपछि सोधपुछका लागि महिलालाई नियन्त्रणमा लियौं । यसमा मुछिएपछि हवल्दारलाई पनि सोधपुछ गरेका हौं । लाखौं, करोडौं प्रहरीले ठग्यो भन्ने समाचार गलत हो । अनुसन्धान भइरहेको छ’ डिएसपी खत्रीले बताए । उनले प्रहरी हवल्दारलाई हिरासतमा राखेको कुरा पनि नकारे । उनले कति जनाको कति रकम खाएको भन्ने अझै नखुलेको बताए ।
प्रहरीका अनुसार रकम लिएर फिर्ता नदिएको भन्दै स्थानीय सुकमाया गुरुङ पनि जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन् । उनले १५ लाख रुपैयाँ ठगी गरेको बताएकी छन् । यद्यपि, ठगिएकाले किटानी जाहेरी नदिएकाले कसको कति रकम ठगी भयो भन्नेबारे खुलेको छैन । मौखिक शर्तका आधारमा पैसा दिएको तर प्रमाण नभएको उनीहरु बताउँछन् ।
शुरुमा निशुले चिनजान गर्ने र सम्बन्ध बाक्लो बनाउँदै गएपछि ब्याजमा पैसा माग्ने गरेको पीडित बताउँछन् । पैसा दिन आनाकानी गरे हवल्दार अधिकारी गएर फिर्ता नदिए मै दिन्छु भन्दै पैसा दिन बाध्य पार्ने गरेको ठगिएकाको भनाइ छ । कागज गरेरमात्र दिन्छु भन्दा हवल्दार अधिकारीले पैसा कागजले दिने हो र ? हामीले दिन्छौं भनेर दबाब दिने गरेको उनीहरुले बताएका छन् । धेरै समयसम्म पैसा नदिएपछि ठगिएको महसुस गरी उजुरी गरेको पीडित भनिनेहरुको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९