सच्चाई सत्संगको बाल सुधारगृहलाई सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७४

पोखरा, १४ चैत । सच्चाइको सत्संग कास्की पोखरा वडा १९, लामाचौरको सम्पूर्ण सत्संग परिवारले सराङ्कोटको ग्यारजाति-१८ मा रहेको बालसुधार गृहलाई सहयोग गरेको छ।

संस्थाले बालगृहमा रहेका ५६ जना बालकलाई ट्रयाकसुट वितरण गर्नुका साथै उनीहरुलाई खाना समेत बनाएर खुवाएको थियो।

कार्यक्रमा बोल्दै सच्चाईको सत्संग लामाचौरका प्रमुख सञ्जय पाख्रिनले अन्य समयमा पनि बालगृहलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सच्चाइको सत्संग लामाचौरकी अध्यक्ष ज्ञानु पाख्रिनले अबका दिनमा पनि आफूहरुले यस्ता सहयोगहरुलाई निरन्तरता दिने बताइन् ।

सो क्रममा बालगृहका इञ्चार्ज रमाले  सच्चाइको सत्संगको कार्यको प्रसंसा गर्दै अन्य दिनमा पनि सहयोगको अपेक्षा गरिन् ।

कार्यक्रममा बालगृहका बालक  तथा अन्य गरी १ सय १५ जनाको सहभागिता रहेको सच्चाइको सत्संग लामाचौर सचिव सृजना कार्कीले जनाइन् ।

Related News

सम्बन्धित समाचार

  • लायन्स पोखरा नर्थको छैटौं चार्टरनाइट

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    हेमजा । लायन्स क्लब पोखरा नर्थको छैंटौं चार्टर नाइट कार्यक्रम भएको छ । पोखरा २५ का अध्यक्ष मोतीराज तिमिल्सिनाले कार्यक्रम…
  • प्रतिभा माविमा क्रिकेटको ‘प्राक्टिस नेट’

    आदर्श समाज सम्वाददाता असार ३०, २०८१
    पोखरा । प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको छ । नेपाली…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • डेभिज फल सहकारीको १४ औं वार्षिकोत्सवमा रक्तदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ ले १४ औं वार्षिकोत्सव अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको…
  • लेकसिटी कलेजमा डिटिटिपी कोर्स

    आदर्श समाज सम्वाददाता असार २७, २०८१
    पोखरा । पोखराको गैरापाटनमा रहेको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरले नियमित पठन पाठनका अलावा विद्यार्थीहरुको विकासका लागि इन्टरनेसनल फाउण्डेसन फर…

hero news full width