पोखरा, १४ चैत । प्रेस क्लब नेपालले पोखरामा मंगलबार साक्षात्कार कार्यक्रम गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश ४ को नामाकरण के हुनसक्छ भन्नेबारे सार्वजनिक बहस चलाएको छ ।
बहसमा सहभागी हुँदै तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमु, नागरिक समाजका प्राडा दिलबहादुर क्षत्री, नागरिक समाज संयोजक रामबहादुर पौडेल, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष मन्धरी थापामगर, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमु, भूमिहीनका भीमबहादुर कुँवर लगायतले विचार व्यक्त गरे ।
बहसमा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले संघीयताको मुल मर्म अनुसार सात प्रदेश होइन १० प्लस १ प्रदेश आवाश्यक रहेको बताए । उनले राज्य पुनसंरचनाको आधार पहिचान र सामार्थ्यको आधारमा प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्दै राज्य पुनंसरचना तथा राज्य पुनसंरचना समिति र उच्चस्तरीय आयोग सुझाव प्रतिवेदन अनुसार पहिचानयुक्त प्रदेशहरु नामाकरण गर्नुपर्ने बताए । अहिलेकै प्रदेश ४ लाई तमुवान-मगरात नाम उचित हुने उनको तर्क थियो ।
प्राडा दिलबहादुर क्षत्रीले पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउदा राम्रो हुने भन्दै अहिलेको प्रदेश ४ लाई गण्डकी नामाकरण गर्नुपर्ने बताए । जातीय नामले विदेशीले नेपाल प्रवेश गराएको साम्प्रदायिकताले प्रश्रय पाउने भन्दै उनले इयु र क्रिश्चियानिटीलाई विरोध गरे ।
नागरिक समाजका संयोजक रामबहादुर पौडेलले प्राकृतिक प्रदेशको नाम प्राकृतिक नामाकरण हुनुपर्ने भन्दै गण्डक नाम प्रस्तुत गरे । उनले अन्य नामले साम्प्रदायिकता निम्तन सक्ने बताए । होइन भने नामाकरणका लागि जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ ।
मगर संघको केन्द्रीय उपाध्यक्ष मन्धरी थापामगरले पहिचानलाई सम्बोधन गर्दै यस प्रदेशलाई तमुवान(मगरात नामाकरण गर्नुपर्ने बताए ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले नेपाली सभ्यताहरुको सम्बोधन गर्न प्रदेश ४ लाई तमुवान(मगरात नामाकरण गर्नुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९