पोखरा, १२ चैत।पोखरामा पछिल्लो समय बाइक चोरीको घटना बढ्दा सवारी धनीहरुको चिन्ता त यसै थियो। प्रहरीले समेत चोरीका मोटरसाईकल स्कूटर फेला पार्न नसक्दा टाउको दुखाई बनेको थियो। यहाँ बाइक चोरी गर्ने गिरोहको गतिविधि बढेको थियो।
कास्की प्रहरीले अहिले ठूलो सफलता हात पारेको छ। प्रहरीले बाइक चोरी गर्ने गिरोह नै समातेर सार्वजनिक गरेको छ। पोखरा र नजिकै भिमाद क्षेत्रबाट १९ जना बाइक चोरहरुलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो। उनीहरुका साथबाट ८ वटा चोरी भएका बाइकसमेत नियन्त्रणमा लिइएको छ। पक्राउ पर्ने गिरोहमा एक भारतीय नागरिकसमेत संलग्न भएको कास्की प्रहरीले जनाएको छ।
मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु तनहुँ भिमाद गाउपालिका ६ माझकोट बस्ने २२ बषिर्य दिबश राना, पोखरा लेखनाथ महानगरपालिका १० रामवजार बस्ने २० बषिर्य बिकाश क्षत्री, रामवजारकै १९ बषिर्य अभिषेक सुनार, नवलपरासी बुङदिकाली गाउपालिका ३ सिउन बस्ने २२ बषिर्य युवराज रुचाल, तनहूँ भिमाद नगरपालिका बागटार बस्ने ४० बषिर्य कृतबहादुर नेपाली, बागटारकै १९ बषिर्य अर्जुन नेपाली, वारा इनवा नगरपालिका २० गोटवडिवा बस्ने १७ बषिर्य उचिर चुरिहार, तनहुँ भिमाद नगरपालिका ४ पिरुङ बस्ने २२ बषिर्य सुनिल थापा छन्। त्यसैगरी, भारत मोतिहारिका १७ बषिर्य संम्शाद आलम, स्याङ्जा हरिनाथ नगलपालिका ७ चाङसिङ बस्ने २२ बषिर्य मदन चन्द ठकुरी, स्याङ्जा हरिनाश गाँउपालिका ६ देगाछाप बस्ने २२ बषिर्य अरुण आले, स्याङजा हरिनाश गाउँपालिका.२ गुरुजा बस्ने २८ बषिर्य ओम राना, हरिनाश गाउँपालिका ४ गिरकोट बस्ने २० बषिर्य रेशम आले, तनहुँ भिमाद नगरपालिका.७ राङरुङ बस्ने २२ बषिर्य रेशम आले, तनहुँ भिमाद नगरपालिका ७ पाङमी बस्ने २० बषिर्य लक्ष्मण परियार, स्याङजा हरिनाश गाँउपालिका ७ चाङसिङ बस्ने २८ बषिर्य डोलराज चन्द्र ठकुरी, स्याङजा हरिनाश गाउँपालिका.७ चाङसिङ बस्ने २४ बषिर्य हिरासिंह थापा, भिमाद नगरपालिका ७ पिरुङ बस्ने १९ बषिर्य सुरज राना र वारा विरगंज गाँउपालिका १ त्रिवेणीका २२ बषिर्य रामबाच दास रहेका छन्।
प्रहरी स्रोतका अनुसार उनीहरुले बाइक चोरीलाई पेशाकै रुपमा अघि बढाएका थिए। कास्की प्रहरीले दुर्इ जनालाई पक्राउ गरेपछि उनीहरुको च्यानलका सबै नियन्त्रणमा लिन सफल बनेको हो। मोटरसाइकल चोरी गर्ने पोखराका बिकास र अभिषेकले तनहुँ भिमाद गाउँपालिका माझकोटका दिवश रानासंग मिली स्याङ्जा र तनहुँको भिमाद आसपासका गाउँमा मोटरसाइकल बिक्रि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको हो।
पोखराबाट मोटरसाइकल चोरी गर्नासाथ भिमादका दिवश राना स्वयं मोटरसाइकल लिन आउने गरेको र रानाले भिमादको कंडेलचोकमा रहेको कृत एण्ड सन्स मोटरसाइकल वर्कसपमा लगी नम्बर परिवर्तन गर्ने गरेको समेत खुल्न आएको छ। प्रहरीले मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका भिमाद बागटारका तीथबहादुर परियार र उनका छोरा अर्जुन परियारसहित वर्कसपमा काम गर्ने चार जना मिस्त्रीलाई समेत पक्राउ गरेको छ। आफ्नै मोटरसाईलको नम्बर प्रयोग गरी पोखराबाट बाहिरिने गरेको पनि पत्ता लागेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा १४ जनाको टोलीले तीन दिनमा चोरी गर्ने गिरोहलाई मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको थियो। चोरीमा संलग्न गिरोहले १ सय ८० र २ सय २० सिसीका पल्सर मोटरसाइकल चोरी गरी प्रति मोटरसाइकल ४० देखी ६० हजारमा बिक्री गर्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
मोटरसाइकलहरु भिमादको ग्रामीण भेग वडा नं. ७ कडेलचोकबाट ५ र स्याङ्जाको हरिनास ४ गिरकोटबाट ३ वटा फेला परेको थियो। भिमादमा भलिवल खेलाडीहरुले मोटरसाइकल प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानबाट पोखराको विभिन्न ठाउँबाट बिगत ६ महिनादेखि चोरी गर्ने गरेको र चोरी गरी तनहुँको भिमाद हुदै स्याङ्जाको ग्रामीण भेगसम्म पुर्याउने गरेको पाईएको छ। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहले कास्की जिल्लामा विभिन्न मिति र समयमा विभिन्न स्थानहरुबाट स्कूटर, मोटरसाईकलहरु चोरी गरेको सवारी साधनहरुको नम्वर प्लेट एवम् स्वरुप परिवर्तन गरी वेचविखन गर्नेलाई पक्राउ गरिएको जनाए।
अदालतको आदेशपछि मात्र मोटरसाईकल वास्तविक धनीलाई फिर्ता गरिने उनले जनाए। पोखराका मुख्य मुख्य भिडभाड हुने स्थान, विशेषगरी रातको समयमा बाइक चोरी गरी ग्यारेजका कामदारको सहयोगमा भिमाद कटाउने गरेका थिए। अस्पताल, बैंक लगायतका स्थानमा राखिएको हृविल लक्बाहेक बाइक जतिसुकै ह्याण्ड लक गरेर राखिएको भएपनि सहजै चोर्नसक्ने उनीहरु पेशेवर चोर हुन्।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९