कालिका परिवर्तनशीललाई शुभकामना

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७४
Kalika Subhakamana

हेमजा, १२ चैत ।पोखरा-२५, हेमजा, कालिकाचोकमा हालै स्थापितशशख भएको कालिका परिवर्तनशील समूहलाई शुभकामना दिइएको छ। समाजमा भएका विकृति र विसंगतिलाई उन्मुलन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त समूहलाई शुभकामना दिएको हो।

शनिवार भएको कार्यक्रममा बोल्दै सहारा क्लवका पुर्व अध्यक्ष बीरभद्र आचार्यले समूहलाई सफलताको शुभकामना दिर्दै संस्थाको विकास आर्थिक पारदर्शिता र पदाधिकारीको अनुशासनमा भरपर्ने बताए।

सो अवसरमा स्थानीय नेत्रपाणि भण्डारी, मणिरत्न अधिकारी, पूर्व जनप्रतिनिधि सा. मुक्तिराम भण्डारी, वडा सदस्य लक्ष्मी अधिकारी, कालिका टोलविकास संस्थाका अध्यक्ष दिपकबहादुर थापा, सहारा क्लवका सदस्य नवराज अधिकारी लगायतले शुभकामना दिदैं समूहले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

समूहका अध्यक्ष सुमन थापा मगरले सरोकारवालाको राय सल्लाहअनुसार संस्थाले कार्य गर्ने प्रतिबद्घता व्यक्त गरे। समूहका कोषाध्यक्ष चन्द्रेश्वर अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम समूहका सचिव विभिषण अधिकारीले सञ्चालन गरेका थिए। समूहका अध्यक्ष सुमन थापामगरको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Related News

सम्बन्धित समाचार

  • इपिएसबारे सचेतनामूलक कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैदेशिक रोजगार विभाग (इपिएस) कोरिया शाखा आयोजनामा पोखरामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविका र कोरियामा रहेका ब्यक्तिका परिवारसँग अन्तक्र्रिया…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • आनन्द ज्योति माविमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । भूपू विद्यार्थी मञ्च, आनन्द ज्योति मावि पोखरा ३१ ले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।…
  • आलु महोत्सवमा विज्ञ–कृषक अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । माटो स्वास्थ्य राखे त्यसबाट बढी उत्पादन लिन सकिने चर्चा गरिएको छ । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव…
  • गण्डकी बोर्डिङ व्यवस्थापनमा ३ मनोनीत

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । गण्डकी बोर्डिङस्कुल व्यवस्थापन समितिमा ३ सदस्य मनोनीत भएका छन् । सोमबारको बैठकले जग्गादाता मदनबहादुर केसी, एग्बोसाका निवर्तमान अध्यक्ष…

hero news full width

trending post

ट्रेन्डिङ्ग