लेखनाथ, ११ चैत। प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मको रक्षा गर्न सके धर्मले सबैको रक्षा गर्ने बताएका छन् ।
र्ँधर्म भनेको नियम हो । त्यसमा विधि र सही किसिमको शासन हुन्छ,’ उनले भने,’जब विधि र शासनलाई नियमानुसार पालना गरिन्छ, त्यसले देशमा शान्ति र समृद्धिको शुरुवात ल्याउँछ ।’
रामनवमी पर्व अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा ३१ किंंमवेशीस्थित शिवगोरक्षनाथ पीठ सिद्धाश्रममा काली मन्दिर, भैरव मन्दिर, प्राण प्रतिष्ठा यज्ञकुण्ड आइतबार उद्घाटन गर्दै प्रदेश प्रमुख कुँवरले सो बताएका हुन् ।
पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश ४ धार्मिक पर्यटकको दृष्टिले प्रचूर सम्भावना भएको क्षेत्र भएकाले यहाँ रहेका धार्मिक मठ मन्दिरको प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, पोखरा लेखनाथ महानगरपालिकाका कानूनी अधिकृत राममणी अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी लगायतले धार्मिक क्षेत्रको संरक्षणमा सबैको साथ र सहयोग चाहिनेमा जोड दिए।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमनाथ भट्टराइले मन्दिरको वस्तुस्थितिबारे जानकारी गराउँदै २०४१ सालमा योगी नरहरिनाथले कोटी होम लगाएर निर्माण गरिएको मन्दिर नेपाल सरकार, महानगरपालिका, दानवीर, सांसद विकास कोष, सञ्चालक समितिको समन्वयवाट नै मन्दिरको व्यवस्थापन यहाँसम्म ल्याउन सकिएको बताए।
पोखरा लेखनाथ महानगरपालिका वडा ८ निवासी दानवीर कृष्णबहादुर कुँवरले यज्ञस्थलभित्र काली मन्दिर तथा भैरव मन्दिरको निर्माण गरेका थिए ।
यस्तै, निर्मल खाँण र सुमन खाँणले होमकुण्डको निर्माणमा सहयोग पुर्याएकोमा सम्मान गरिएको थियो।
सोही अवसरमा ७७ वर्षीय दानवीर कृष्णबहादुर कुवँरले मन्दिर संरक्षणका लागि ५ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोषको स्थापना गरेका छन्।
समितिका सदस्य कृष्णप्रसाद ढुंगानाले सञ्चालन गरेको सो कार्यक्रममा दानवीर कृष्णबहादुर कुवँरकाबारे महासचिव भरतराज तिवारीले जानकारी गराएका थिए।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९