हेमजा, ११ चैत। पृथ्वीनारायण क्याम्पस, नेपाली शिक्षा विभागको आयोजनामा भएको स्नातकोत्तर तह नेपाली शिक्षा विषयको सेमेष्टर प्रणालीसम्बन्धी अभिमुखीकरण गोष्ठीले सेमेस्टर प्रणाली प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
गोष्ठी उद्घाटन गर्दै क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले सेमेस्टर प्रणाली आफैमा राम्रो रहेको बताए। उनले आफूले पनि सोही प्रणाली मार्फत अध्ययन गरेको स्मरण गर्दै सेमेस्टर प्रणालीमा विद्यार्थीको नियमित उपस्थिति, शिक्षकको लगनशीलता र मूल्याङकन प्रणाली सबै पक्षमा सुधार आउने तर्क गरे।
प्राडा थापाले सेमेस्टर प्रणालीलाई सफल बनाउने दायित्व पठनपाठन गराउने प्राध्यापकको हातमा रहेको पनि औल्याएका थिए।
प्राडा पारसमणि भण्डारीले त्रिभुवन विश्वविद्यालयका कतिपय आगिंक क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको भए पनि अझै त्यो केन्द्रीकृत नै रहेको जनाए।उनले सेमेस्टर प्रणाली सामान्य शिक्षा भन्दा केही खर्चिलो हुने भएपनि उक्त प्रणालीबाट प्राप्त शिक्षा चिरस्थायी बन्ने दावी गरे।
विषय विशेषज्ञ समेत रहेका भण्डारीले त्रिविले सामुदायिक क्याम्पसलाई सौताको जस्तो व्यवहार गरेको व्यापक गुनासो आएको पनि जनाए। नेपाली शिक्षा विभागका विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलले गोष्ठीको औचित्यमाथि प्रकाश पारे। उनले सामान्य शिक्षाको पाठ्यक्रमले व्याख्यान र प्रवचन विधिलाई महत्व दिएको चर्चा गर्दै सेमेस्टर प्रणालीको पाठ्यक्रमले छलफल र प्रयोगात्मक विधिलाई प्राथमिकता दिएको औल्याए।उनले हरेक हिसाबले सेमेस्टर प्रणाली राम्रो रहेको तर्क गर्दै त्यसको सफलताको लागि विद्यार्थी, प्राध्यापक, अभिभावक सबै सचेत बन्नुपर्ने जनाए।
क्याम्पसका सन्ध्याकालीन कार्यक्रम प्रमुख उप प्राध्यापक चोलाकान्त ओझाले सेमेस्टर प्रणालीका राम्रा पक्षमाथि चर्चा गर्दै त्यस प्रणालीप्रति छरिएका भ्रम सरोकारवाला सबैको पहलका चिर्नुपर्ने बताए। उनले सेमेस्टर प्रणाली ढिलो चाडो त्रिविका सबै तहमा लागू हुने विश्वास व्यक्त गर्दै सो प्रणालीको प्रभावकारी कार्यान्वयका लागि जोड दिए।
विभागीय अनुसन्धान समिति सदस्य प्राडा यदुनन्दन उपाध्यायले सेमेस्टर प्रणालीले त्रिविको प्राज्ञिक स्तरीयता कायम गरी शाख जोगाउने विश्वास व्यक्त गरे। उनले पुरानो पाठ्यक्रम र सेमेस्टरको पाठ्यक्रम पाठ्याशंका हिसाबले धेरै फरक नभए पनि शिक्षण प्रविधि र मूल्यांकनका हिसाबले धेरै पृथक रहेको जनाए।
कार्यक्रममा क्याम्पसको नेपाली शिक्षा विभागमा आवद्घ प्राध्यापकको सहभागिता रहेको थियो।
सेमेस्टर प्रणालीको पाठ्यक्रम र मूल्यांकनबारे प्राडा पारसमणि भण्डारीले सहजिकरण गरेको उक्त कार्यक्रममा विभागीय सदस्य सहप्राध्यापक डा नरहरि उपाध्याय गौतमले स्वागत गरेका थिए।
विभागीय प्रमुख प्राडा रामचन्द्र पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विभागीय सदस्य सहप्राध्यापक डा बाबुराम अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सामाजिक सुधारक माधव पौडेलको स्मरण
गणेशमान सिंहको स्मृति दिवस
यातायात पत्रकारिता पुरस्कारबाट ऋषिकान्त सम्मानित
खुल्यो मोहोरियामा कृषि सहकारी
जापानमा मौलिक फोटो प्रतियोगिता
hero news full width
मुख्य समाचार
संशोधनसहित वन विधेयक पास : संरक्षित क्षेत्रमा प्रदेशको हस्तक्षेप
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
असाेज ४, २०८०सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०