पोखरा, ११ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
राजधानीमा भएको एक कार्यक्रमबीच दुवै महासंघका अध्यक्षहरू क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो।
दुर्इ महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकीकरण अपरिहार्य रहेको भन्दै देशैभरका सम्बन्धित व्यवसायीका संघसंस्थालाई समेट्ने गरी एकीकरण गरेर लैजाने प्रतिबद्धता जनाएको छ।
सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्या दीर्घकालीनरुपमा समाधान गर्न एकीकरण आवश्यक रहेको व्यवसायीको ठहर छ।
व्यवसायलाई उद्यम व्यवसायको रुपमा विस्तार एवं निर्यात प्रवर्द्धन, व्यवसायको स्तरोन्नति, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघले एकीकृतरुपमा काम गर्ने पनि बताएका छन्।
अबका दिनमा दुवै महासंघले यस क्षेत्रका जुनकुनै काम पनि संयुक्तरुपमा सञ्चालन गर्ने जनाएका छन्। दुवै महासंघमा १७ हजारको हाराहारीमा व्यवसायीहरू छन्।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९