नेपालश्री पुरस्कार कोष घोषणा

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
nepal shree prize

पोखरा, ११ चैत। साहित्यकार जनार्दनशरण त्रिपाठीको महाकाव्य ‘नेपालश्री’ को नाममा पुरस्कार कोष घोषणा भएको छ। पोखरामा आइतवार एक समारोहको आयोजना गरी १५ लाख रूपैयाँको पुरस्कार कोषको घोषणा गरिएको हो।

विभिन्न क्षेत्रमा पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापित उक्त कोषको व्याजबाट हाललाई प्रत्येक वर्ष वाङ्मयको क्षेत्रमा ५१ हजारको सम्मान पुरस्कार र १० हजार रूपैयाँको प्रोत्साहन पुरस्कार प्रदान गर्ने लक्ष्य राखिएको छ।

प्रत्येक वर्ष वृद्धि गर्दै लगिने तथा अन्य महानुभाव र संस्थाले पनि सघाउन सक्ने उक्त कोषमा शनिवार नै एशिया फोरमले २५ हजार रूपैयाँ प्रदान गरेको छ।

समारोहमा प्रमुख अतिथिको आसनबाट नेपाल संगीत तथा नाट्यप्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले राष्ट्रिय सम्पदाको दर्पणको रूपमा रहेको कृति नेपालश्रीको नाममा स्थापित पुरस्कार कोषको घोषणा महत्वपूर्ण र ऐतिहासिक भएको उल्लेख गर्दै गरिमामय बन्ने विश्वास व्यक्त गरे।

उनले साहित्यकार त्रिपाठीको नेपालश्री महाकाव्य देशको सम्पदा कोष भएको बताए।

महाकाव्यकार माधव वियोगीले उक्त पुरस्कार कोष घोषणाले महाकाव्यप्रति आकर्षण बढाएको चर्चा गरे।

पत्रकार बद्रीविनोद प्रतीकले कृतिको नामबाट स्थापित पुरस्कारको सम्मान बढ्ने बताए।

डा कृष्ण अधिकारीले साहित्यिक सेवाको दृष्टिले स्थापित पुरस्कार ओजपूर्ण हुने उल्लेख गरे।

एशियन फोरमका अध्यक्ष लक्ष्मण बानियाँ क्षत्रीले विदेशबाट फर्केका युवाको संगठन फोरमले देशको लागि केही सहयोग पुर्‍याउने सोचका साथ कार्य गर्दै आएको बताए।

समारोहमा अध्यक्षको आशनबाट कोषका अध्यक्ष अरुणस्तोम त्रिपाठीले नेपालश्री कृतिले देखाएको मार्गर्दर्शनबाट अभ्रि्रेरित भएर पुरस्कार स्थापना गरिएको जानकारी दिए ।

स्वागत मन्तव्य राख्दै उपाध्यक्ष डा बाबुराम अधिकारीले नेपालश्री महाकाव्य २०६४ कात्तिक २२ मा सार्वजनिक गरिएको बताउँदै महाकाव्यमा १० हजार ७ सय ७६ श्लोक रहेको उल्लेख गरे । उनले महाकाव्यकार जनार्दनशरण त्रिपाठीका कृतिको बिक्रीबाट संकलित रकम पनि कोषमा जम्मा हुने जानकारी दिए।

उक्त समारोहमा साहित्यकार डा जगन्नाथ रेग्मी, शाल्रि्राम आचार्य, छविलाल आचार्य, नारायण मरासिनी, आवाज शर्मा, छन्दिका घिमिरे, आर्या त्रिपाठीले रचना वाचन गरेका थिए।

कार्यक्रम सञ्चालन महासचिव छन्दमणि त्रिपाठीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width