पोखरा, ११ चैत। नेपाल ज्योतिष परिषद प्रदेश ४ मा ज्योतिष रामप्रसाद कोइराला चयन भएका छन्। परिषदको पोखरामा शनिबार सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
कार्यसमिति वरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्ष महोराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ र भीमनाथ कुँइकेल छन् । महासचिवमा कमल पौडेल चयन हुँदा उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल र कृष्णकान्त काफ्ले छानिए ।
त्यस्तै, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्ष तोयनाथ आचार्य, प्रचार सचिव दिनेश परियार, संगठन सचिव धनपति रेग्मी र सहकोषाध्यक्ष गोविन्द रिजाल छन्।
सदस्य उमाकान्त शर्मा रेग्मी, हिरण्यप्रसाद शर्मा, कमलापति रेग्मी, हरि घिमिरे, होमनाथ पोखरेल, ओमप्रसाद उपाध्याय, भुवानी बराल, तेजबहादुर भुजेल, पुष्पराज न्यौपाने र संगीता थापा लगायत छन्।
विश्वज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले अधिवेशनको उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि डा पौडेल, दक्षिण एशियाली ज्योतिष महासंघका सभापति डा सहदेव विष्ट, नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष प्रेमकुमारी गुरुङ, अधिवेशन संयोजक पं. सन्तोष वशिष्ठ, ज्योतिष परिषद केन्द्रीय उपमहासचिव हिराकाष्यप शास्त्री, ज्योतिष परिषदका सचिव लक्ष्मण पन्थी, केन्द्रीय कार्यालय सचिव वेदराज पन्त, वेदनिधि अधिकारी र मीनप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संयोजक पण्डित आचार्य सन्तोष वशिष्ठ, सचिव लक्ष्मण पन्थी, केन्द्रीय सचिव वेदराज पन्त, सदस्य नारायण बराल र वासुदेव सुवेदी रहेको निर्वाचन मण्डलद्वारा परिषदको पदाधिकारी तथा सदस्यलाई निर्वाचित गरेको हो। ज्यो रामप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा मोहराज ढकालले स्वागत र ज्योतिष प. कमल पौडेल शास्त्रीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९