पोखरा, ११ चैत। नेपाल साहित्य समाजद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको वसन्तराधा पद्यकाव्य पुरस्कार भैरहवाका कवि मोदनाथ शास्त्री र मोरङका कवि नरेन्द्र पराशरलाई अर्पण गरिएको छ।
यसैगरी, संस्थाद्वारा सञ्चालित हेमकुमारी दिवाकर समाज सेवा सम्मान असहाय बालबालिकाको संरक्षणमा समर्पित हाम्रो बाल संरक्षण धरोहर नेपाललाई अर्पण गरिएको छ।
आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि साहित्यकार प्रदीप नेपालले उक्त सम्मान तथा पुरस्कार अर्पण गरे।
उक्त पुरस्कार तथा सम्मानमध्ये वसन्तराधा पद्यकाव्य पुरस्कारको राशी ५० हजार र हेमकुमारी दिवाकर समाजसेवा सम्मानको राशी २५ हजार ५ सय ५५ रूपैयाँ रहेको थियो।समाजका अध्यक्ष विनयकुमार शर्मा नेपाल, साहित्यकार रमेश शुभेच्छु, सम्मानित स्रष्टालगायतले आफ्नो मन्तव्य राखेको उक्त कार्यक्रममा कोशकार वसन्तकुमार शर्म्मा नेपालको इतिहासका अमर झिल्काहरू कृतिको लोकार्पणसमेत गरिएको थियो। पुरस्कार अर्पण समारोह कोषकार वसन्तकुमार शर्म्मा नेपालको अध्यक्षता र समाजका महासचिव दुर्गा नेपालको सञ्चालनमा सम्पन्न भएको थियो।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९