पोखरा, ११ चैत । बाग्लुङको निसिखोला गाउँपालिका वडा २, देवीस्थानमा बृहत् स्वास्थ्य शिविर गरिएको छ ।
कर्म फ्लाइट फाउण्डेशन नेपाल र नेपाल इजको सहयोगमा दुर्इ दिनसम्म चलेको सो शिविरबाट ६ सय ५२ जना लाभान्वित भएका छन् ।
शिविर उद्घाटन गर्दै निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले आफ्नो गाउँमा स्वास्थ्य शिविर गरिदिएको खुशी व्यक्त गरे ।
शिविरमा प्राविधिकतर्फ डा मोहन बिक, स्वास्थ्य प्राविधिक कृष्ण पाण्डे, लेखनाथ रेग्मी र लालमाया कुँवर लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
कर्म फ्लाइट फाउण्डेशनका नेपालका डाइरेक्टर प्रेम कुँवरले आगामी दिनमा पनि आफ्नो फाउन्डेसनले विकट ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र खानेपानीमा सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।
शिविरलाई कर्म फ्लाइट फाउण्डेशन नेपालका अध्यक्ष कुँवर र नेपाल इजकी अध्यक्ष क्लेरी सिलिले महत्वपूर्ण सहयोग गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९