हेमजा, ११ चैत । समाजमा भएका विकृति र विसंगतिलाई उन्मुलन गर्ने उद्देश्यले हेमजाको कालिकाचोकमा हालै स्थापित कालिका परिवर्तनशील समूहलाई शुभकामना दिइएको छ ।
यहाँ भएको एक कार्यक्रममा बोल्दै सहारा क्लब पोखराका पूर्व अध्यक्ष वीरभद्र आचार्यले समूहलाई सफलताको शुभकामना दिँदै संस्थाको विकास आर्थिक पारदर्शिता र पदाधिकारीको अनुशासनमा भरपर्ने बताए ।
सो अवसरमा स्थानीय नेत्रपाणि भण्डारी, मणिरत्न अधिकारी, पूर्व जनप्रतिनिधि सा.मुक्तिराम भण्डारी, वडा सदस्य लक्ष्मी अधिकारी, कालिका टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर थापा, सहारा क्लब पोखराका सदस्य नवराज अधिकारी लगायतले समूहले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
समूहका अध्यक्ष सुमन थापामगरले सरोकारवालाको राय सल्लाह अनुसार संस्थाले कार्य गर्ने प्रतिबद्घता व्यक्त गरे।
समूहका कोषाध्यक्ष चन्द्रेश्वर अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम समूहका सचिव विभिषण अधिकारीले सञ्चालन गरेका थिए । समूहका अध्यक्ष सुमन थापामगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९