पोखरा, ११ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा ८ स्थित नागबेली टोल विकास संस्थाको छैटो साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा गीता पौडेल, सचिवमा खेमराज गिरी, कोषाध्यक्षमा करुणा श्रेष्ठ, सहसचिवमा इ आनन्द सापकोटा छन्।
सदस्यमा अनिल गुरुङ, लइनबहादुर गुरुङ, जमुना पौडेल, बुद्विलाल श्रेष्ठ, अल्पना श्रेष्ठ, गङ्गाराम पुरी, रमा ढकाल, दीलमाया पौडेल, लक्ष्मी पराजुली र मीनबहादुर राना छन्।तारा सापकोटा संयोजक र केवि थापा सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया गराएको थियो।साधारणसभाले सचिव खेमराज गिरीले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष करुणा श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ। त्यस अवसरमा उत्कृष्ट बचतकर्ता हिरा थापा, लालबहादुर गुरुङ, मीनबहादुर केसी र ८० वर्षे ज्येष्ठ नागरिक बमबहादुर सेनलाई सम्मान गरिएको थियो।
साधारणसभा उद्घाटन गर्दै प्रदेश ४ का सांसद बिन्दुकुमार थापाले हरेक व्यत्तिले सभ्य समाज निर्माणका लागि भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले जनताका आवश्यकताका काम गर्ने उल्लेख गरे।नागढुङ्गा विकास समाजका अध्यक्ष राजेन्द्रमान श्रेष्ठले टोलको विकास र पहिचानका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देल, समाजसेवी टेकन गिरी, ज्ञानेन्द्र शर्मा, प्रतिभा मार्ग टोल विकास संस्थाका अध्यक्ष डिल्लीराज पौडेल, पृथ्वी होटल व्यवसायी समितिका अध्यक्ष कमल न्यौपाने, नारी परोपकार केन्द्रका उपाध्यक्ष राधाकुमारी शर्मा, मिलिजुली आमा समूहकी अध्यक्ष कृष्णकुमारी खड्का, एयरपोर्ट टोल विकास संस्थाकी अध्यक्ष कमला श्रेष्ठ र संस्थाकी सदस्य तारा सापकोटाले बोलेका थिए।
नागबेली टोल विकास संस्थाकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष गीता पौडेलले स्वागत र सदस्य आनन्द सापकोटाले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९