काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसर्इइ) बिहीबारबाट शुरु भएको छ । पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बिहान ८ बजेबाट ११ बजेसम्म देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ शुरु परीक्षा पहिलो दिन शान्तिपूर्वरुपमा सम्पन्न भएको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
परीक्षाको पहिलो दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उपत्यकाका ३ जिल्लामा अनुगमन गरेका थिए । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ । र्एसइर्इ परीक्षामा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा प्रत्येक केन्द्रमा एकजना केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी कुल ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित भएको रेग्मीले बताए । साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठयक्रम २०७१ अनुसार नयाँ पाठयक्रमका आधारमा प्रश्नपत्र तयार पारिएको बताइएको छ। अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्न पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जामटेड परीक्षार्थीका रूपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए।
सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालय मार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई अनुगमनमा खटाइएको छ। अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो-कोहीलाई स्थलगत रूपमै कारबाही गर्नसक्ने अधिकार दिइएको छ। परीक्षालाई बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। ‘आगामी वर्षदेखि एसर्इइ परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी शुरु गरिएको छ’ रेग्मीले भने।
यसैगरी, स्याङ्जा संवाददाता अनुसार ५५ वर्षीय परीक्षार्थीले पदमप्रसाद श्रेष्ठले एसर्इइ दिएका छन्।
पुतलीबजार नगरपालिकाको कालिका मावि झापाकोटमा विगत २ वर्षदेखि अध्ययनरत ५५ वर्षीय पदमकुमार श्रेष्ठले पुतलीबजार नगरपालिका १३ को मातृभुमि माध्यमिक परिक्षाकेन्द्रबाट पहिलो दिन अंगे्रजीको परीक्षा दिएका हुन।
भिरकोट नगरपालिका १ निवासी श्रेष्ठले कक्षा ८ मा भर्ना भई यसपटक एसर्इइमा सहभागी भएका विद्यालयका प्रधानाध्यापक शिव रेग्मीले जानकारी दिए। जिल्लामा ५ हजार ८ सय ९ नियमित तथा २ सय २८ एक्जाम्टेड गरी ६ हजार ३७ जना परीक्षार्थी रहेकोे जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए। पहिलो दिनको परीक्षामा नियमित तथा एम्जाम्टेड गरी १ सय ५२ जना अनुपस्थित रहेका छन्।
परीक्षाका लागि ३३ वटा केन्द्र तोकिएका छन्। परीक्षालाई शान्त र मयािदत ढंगले सम्पन्न गर्नका लागि ३३ केन्द्राध्यक्ष, ३५ सहायक केन्द्राध्यक्ष, २ हजार ९२ निरीक्षक, १ हजार एक सय ४२ सहयोगी र तीन सय ३० जना सुरक्षाकर्मी प्रयोग गरिएको छ। नवलपरासी संवाददाताका अनुसार नवलपरासी पूर्व र पश्चिमतर्फ गरी ४१ व्ाटा परीक्षा केन्द्रबाट नियमिततर्फ १० हजार ९ सय ४४ जना, एक्जाम्टेड २ सय ३० र प्राविधिकतर्फ २ सय ७० विद्यार्थी सहभागी भएका छन्।
परीक्षा शान्तिपूर्ण रुपमा भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले बताए। बर्दघाट सुस्ता पूर्व नवलपरासीबाट २४ वटा केन्द्रमा ६ हजार १ सय ६० जना विद्यार्थी सहभागी भएका छन् भने बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा १७ वटा परीक्षा केन्द्रमा ४ हजार ७ सय ९८ जना परीक्षार्थी सहभागी भएको स्रोतकेन्द्रले जनाएको छ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९