पोखरा, ८ चैत । राम मन्दिर सञ्चालक समिति र विश्व हिन्दू महासंघ, कास्की शाखाको संयुक्त आयोजनामा रामनवमी पर्व भव्य रुपमा मनाइने भएको छ । उक्त अवसरमा पहिलो महिला महामण्डलेश्वर हिमानन्द गिरिजी महाराजलाई सम्मान गरिने कार्यक्रम छ ।
पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राम मन्दिर सञ्चालक समिति अध्यक्ष लिलाभक्त आचार्यले समाजमा सुसंस्कार बसाल्न रामनवमी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्नेमा जोड दिए ।
विश्व हिन्दू महासंघ कास्की अध्यक्ष शंकर खरालले रामनवमी हिन्दूको महान पर्व भएकाले राम मन्दिर सञ्चालक समितिसँगको सहकार्यमा यस वर्ष भव्य रुपले मनाइने बताए ।
खरालले भने, ‘हिन्दू धर्म संस्कृतिमाथि धावा बोल्नेमाथि सचेतना ल्याउन पर्व विशेष बन्नेछ।’
श्रीराम मन्दिरको धार्मिक मूल्यमान्यता उत्थान तथा वैदिक सनातन हिन्दू धर्मको संरक्षण र सर्म्बर्द्धन गर्ने, उद्देश्यअनुरुप मन्दिरले स्थापनाकालदेखि सो पर्व मनाउने गरेकोमा यस वर्ष पहिलो महिला महामण्डलेश्वर शंकराचार्य हिमानन्द गिरिजी महाराजको प्रमुख आतिथ्यमा अझ भव्य बन्ने उनले बताए ।
पर्व अवसरमा भगवान् प्रतिमा रथमा राखी रथयात्रा गरी नगर परिक्रमा गरिने छ । रथयात्रा बिरौटास्थित मन्दिरदेखि शुरु भै बिरौटा, राष्ट्रबैकचोक, रत्नचोक, सृजनाचोक, पृथ्वीचोक, एयरपोर्ट हुँदै पुनः मन्दिर पुग्नेछ । कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टिको समेत तयारी गरिएको छ । रथयात्रामा सहभागी हुने समूह भजन टोली, झाँकीको मूल्यांकन गरी उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ ।
मन्दिर सञ्चालक समिति सचिव पुण्डरीप्रसाद बरालले धार्मिक पर्यटनको विकासका साथै धर्म संस्कृतिको जगेर्नाका लागि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
स्वतन्त्र पत्रकार संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले भगवान् रामले देखाएको असल बाटो अनुशरण गर्न सकेमात्र समाज सकारात्मक हिसाबले परिवर्तित अवस्थामा जाने बताए । उनले रामनवमी पर्वलाई सहभागिताको रुपमा मात्र नहेरी सांस्कृतिक पक्षको निरन्तरताको रुपमा हेर्र्नुपर्ने बताए।
पत्रकार महासंघ कास्की उपाध्यक्ष विमला भण्डारीले विभिन्न सामाजिक, धार्मिक, राजनीतिजस्ता विषयलाई पहिलो प्राथकितामा राख्ने हुनाले स्वतःस्फूतरुपमा रामनवमी पर्वलाई विशेष रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्दिर सञ्चालक समिति अध्यक्ष लिलाभक्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमा उपाध्यक्ष रुद्रनाथ बरालले स्वागत र सचिव पुण्डरीप्रसाद बरालले सञ्चालन गरेका थिए । सो दिन विश्व हिन्दू महासंघ कास्कीको अधिवेशनसमेत हुने प्रचारप्रसार उपसंयोजक रामजीप्रसाद बरालले बताए।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९