खैरेनीटार, ८ चैत। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा बिहीबारदेखि १० औं खैरेनीटार महोत्सव शुरु भएको छ ।
आगामी चैत १९ सम्म चल्ने सो महोत्सव प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले गरे। उनले महोत्सवले यस क्षेत्रको सामाजिक, आर्थिक, सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
नेपालको उत्कृष्ट महोत्सवमध्ये खैरेनीटार महोत्सवले मौलिक पहिचान र मूल्य मान्यतालाई जगेर्ना गर्न पहल गर्नुपर्ने प्रधानसेनापति क्षेत्रीको कथन थियो।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले वर्तमान अवस्थामा प्रविधिलाई ध्यान दिनुपर्ने बताए।
यस्तै, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा प्रदेश ४ का उपाध्यक्ष कृष्णराज पण्डितले महोत्सवले स्थानीय कला संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सवका संरक्षक मानकाजी श्रेष्ठले आर्थिक समृद्धिको साथै सांकृतिक संरक्षणमा मेलामहोत्सवले टेवा पुर्याउने बताए। उनले पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न पनि महोत्सवले सहयोग गर्ने बताए।
कार्यक्रममा नेकपा एमाले तनहुँ जिल्लाका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महोत्सवको प्रशंसा गर्दै वर्तमान गठबन्धनकने सरकारले साचो लोकतन्त्रको आवाज दिने बताए।कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक शान्तिरमण वाग्ले, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङ, शुक्लागण्डकी वडा ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेल, नेपाली काँग्रेसका जिल्ला संगठन प्रमुख तथा म्याग्दे गाउँपालिकाका उपप्रमुख बालकृष्ण घिमिरे, माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र केशरी न्यौपाने, महोत्सवका निर्देशक हरिकुमार श्रेष्ठ, महोत्सवका प्रवक्ता हरिबहादुर थापा, शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, स्थानीय श्रृङ्गा यातायातका अध्यक्ष केदार पौडेल, दुलेगौंडा बजार इकाइ सभापति राजु वाग्ले, खैरेनीटार बजार इकाइका निवर्तमान सभापति अर्जुनकुमार श्रेष्ठ, लोक तथा दोहोरीगायक चोलेन्द्र पौडेल, घनश्याम रिजाल, कृष्ण काफ्ले, चन्द्रा कार्की लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न जातजाति, संघसंस्था क्लब, आमा समूह, टोल विकास संस्था लगायत १ सय ८६ वटा झाँकी बजार परिक्रममा गरेर महोत्सव स्थलमा प्रवेश गरेका थिए। उद्घाटन अवसरमा विभिन्न नृत्य तथा गीत समेत प्रस्तुत गरिएको थियो । महोत्सव प्रवक्ता हरिबहादुर थापाले महोत्सवको पहिलो दिन २५ हजार दर्शकको उपस्थिति रहेको र ३५ लाखको आर्थिक कारोबार भएको बताए।
शुक्रबार गायक विष्णु खत्री, कला लम्साल, चन्द्र शर्मा, काजल गुरुङ, शंकर पन्त, कृण काफ्ले, सलिना श्रेष्ठ लगायतको प्रस्तुति रहने छ। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइका सभापति तथा महोत्सवका मूल संयोजक पूर्णबहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रममा स्वागत महोत्सवका आर्थिक निर्देशक तथा खैरेनीटार बजार इकाइका भूतपूर्व सभापति समुन्द्रराम श्रेष्ठ र सञ्चालन वसन्ता श्रेष्ठ र सचिव गंगाराम श्रेष्ठले संयुक्त गरेका थिए।
महोत्सवमा स्थानीय उत्पादनको बिक्री तथा प्रदर्शन, विज्ञान प्रदर्शनी, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय हास्य कलाकारको प्रस्तुति लगायत प्रमुख आकर्षण छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
बजेट अधिवेशन आजदेखि
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९