पोखरा, ८ चैत। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा बिहीबारदेखि राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ।
गैह्रापाटनस्थित पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा सरुभक्त श्रेष्ठले लेखेका नाटक ‘थाङ्ला’ बाट महोत्सव शुरुवात गरियो। अनुप बरालको निर्देशन रहेको यो नाटकले पोखरेली दर्शकको साथ पायो।
नेपाली रंगमञ्चमा स्थापित बनिसकेका कलाकारको बेजोड अभिनय दर्शकको लागि रुचीकर बनेको थियो। आफ्नै जन्मठाउँमा लामो समयपछि आफूले निर्देशन गरेको नाटक प्रदशन गर्न पाउँदा निर्देशक बराल उत्साहित देखिन्थे ।
प्रदश ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नाटक महोत्सवको उद्घाटन गर्दै संगीत नाट्य एकेडेमी विकेन्द्रीकरण गर्नुपर्ने कुरामा जोड दिए। संघीयता कार्यान्वयनसंगै हरेक प्रदेशमा एकेडेमी खोल्नुपर्नेमा उनको जोड थियो।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, संस्थापक सदस्य तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की लगायतले बोलेका थिए। नाटक महोत्सवमा शुक्रबार दिउँसो १ बजे र साँझ ५ बजे नाटक ‘थाङ्ला’ मञ्चन हुनेछ। यसैगरी, शनिबार र आइतबार राजन खतिवडाको निर्देशन रहेको नाटक ‘एन्टिगोनी’ मञ्चन हुनेछ। चैत १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० नाटक मञ्चन हुनेछन्।
महोत्सवमा देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसंगै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसर पाउने आयोजकले जनाएको छ ।
नाटक महोत्सवको स्थानीय व्यवस्थापन पोखरा थिएटरले गरेको छ। विश्व रङ्गमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रबारे अन्तरक्रियासमेत हुने स्थानीय व्यवस्थापक एवम् पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए।
महोत्सवमा युथ क्रियशन थिएटर पोखराको ‘भर्जिन कथा’, हिमाली सांस्कृतिक परिवारको ‘नारी शिक्षा’, ओथेलो नाट्य समूह पोखराको ‘जयगान’, नेशनल आर्ट स्कूल पोखराको ‘सान्नानीको सन्ते राजा’, राष्ट्रिय नाचघर काठमाडौंको ‘एक चिहान’, मञ्जरी नाट्य समूह लमजुङको ‘पानिघट्ट’, सद्भाव थिएटर काठमाडौंको ‘चाँदीको घेरा’, लोक सञ्चार जनकपुर एवम् सिल्पी थिएटरको ‘सखी’ लगायत नाटकसमेत मञ्चन हुनेछन्।
चैत ९ देखि ११ गतेसम्म हरेक दिन दिउँसो १ र साँझ ५ बजे नाटक मञ्चन हुनेछ। चैतको १२ र १३ मा ४ बजेसमेत थप शो हुनेछ। महोत्सव समापनपछि समीक्षासमेत हुने कार्यक्रम छ।
Related News
सम्बन्धित समाचार
काहुँखोला भाट समाजको सभा
रेडियो अन्नपूर्णले गरेको २१ औं रक्तदान कार्यक्रममा१ १० युनिट रगत संकलन
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
hero news full width
मुख्य समाचार
‘तिमी के थरी हौ ?’
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९