पोखरा, ८ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा ९ का ज्येष्ठ नागरिकलाई बिहीबार एक समारोह आयोजना गरी सम्मान गरिएको छ । वडाका ८४ वर्ष पार गरेका झण्डै ५० जना ज्येष्ठ नागरिकलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरिएको हो ।
वडा कार्यालय, ज्येष्ठ नागरिक सम्मान समितिले आयोजना गरेको सो समारोहमा प्रमुख अतिथि महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, समाजसेवी वसन्तकेशव पराजुली, शिक्षासेवी गणेशबहादुर गुरुङ लगायतले सम्मान गरेका थिए । प्रमुख अतिथि जिसीले आफू मेयर हुनुपूर्व आफू र पार्टीले ज्येष्ठ नागरिकलाई प्रदान गर्ने भत्ता बढाउने प्रतिबद्धता जनाएको स्मरण गरे । उनले ज्येष्ठ नागरिकलाई हरेक २ महिनामा स्वास्थ्य जाँच गर्ने गरेको जनाउँदै जनशक्ति तयार हुनासाथ हरेक महिना महानगरपालिकाभित्र स्वास्थ्य जाँचको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा सचिव लोकदर्शन कोर्इराला, विश्व शाक्य लगायतले ज्येष्ठ नागरिकलाई हेला गर्न नहुने बताए ।
समितिका अध्यक्ष केशवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नन्दुराम गिरीले स्वागत तथा समिति सचिव नरेन्द्रमान लालचनले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९