मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापनमा जोड

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७४

हेमजा, ७ चैत। मानव र वन्यजन्तुबीच उत्पन्न द्वन्द्व व्यवस्थापनमा जोड दिइएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ कास्कीको व्यवस्थापनमा पोखरामा बुधबार सम्पन्न कार्यक्रमका वक्ताले सो कुरामा जोड दिएका हुन्।

कार्यक्रममा कास्की, तनहुँ र स्याङ्जाका पत्रकार तथा सामुदायिक वन उपभोक्ता महासंघका केन्द्र तथा जिल्लास्थित प्रतिनिधि र वन उपभोक्ता समूहका पदाधिकारीको सहभागिता थियो। उक्त भेलाले मानव र वन्यजन्तुबीच उत्पन्न द्वन्द्व व्यवस्थापनबारे बस्तीस्तरसम्म सचेतना फैलाउनु पर्ने, सबै वन्यजन्तुले पुर्‍याएको क्षतिको उचित मूल्यांकन गरी किसानलाई क्षतिपूर्र्ति उपलब्ध गराउनुपर्ने निष्कर्ष पनि निकालेको छ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष भीमप्रसाद खड्काले अब बन्ने वन नीति विकेन्द्रीकरणको सिद्घान्त अनुसार हुनुपर्नेमा जोड दिँदै किसानले मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट भएको क्षतिको उचित राहत पाउनुपर्ने बताए।

उनले समाजका तल्लो वर्गका मानिसलाई जागरुक बनाउन पत्रकारको  भूमिका महत्वपूर्ण रहने चर्चा गर्दै किसानको पक्षमा कलम चलाउन पत्रकारसमक्ष आग्रह गरेका थिए।

महासंघका केन्द्रीय सदस्य एवं प्रदेश ४ का संयोजक ठाकुर भण्डारीले सरकारले जनावर व्यवस्थापनको कुरा नगरी जनावर संरक्षणको मात्र कुरा गरेर विपन्न किसानलाई आहात दिएको टिप्पणी गर्दै  मानव र वन्यजन्तुबीच द्वन्द्वको असर घटाउनतर्फ सरोकारवाला निकाय लाग्नुपर्ने आवश्यकता औल्याए। भण्डारीले अब बन्ने वन ऐनलाई उपभोक्तामैत्री तथा गरीबमुखी बनाउनुपर्ने तर्क गर्दै मानव र वन्यजन्तुबीच द्वन्द्वको राहत प्राप्तिका लागि सहज कानूनी प्रावधान हुनुुपर्नेमा जोड दिए।

पत्रकार कृष्ण मुरारी भण्डारीले मानव र वन्यजन्तुबीचको द्वन्द्वको राहत प्राप्ति प्रक्रिया अत्यन्तै झन्झटिलो रहेकाले यसलाई सहज बनाउनुपर्ने र राहतको परिणाम बढाउनुपर्ने विचार राखे। पत्रकार भण्डारीले विभिन्न वहानामा नेपालका गाउँ निर्जन बन्दै गएकोमा गुनासो पोखेका थिए।

महासंघ कास्की अध्यक्ष कालीदास सुवेदीले बाँदरको समस्या तथा युवा विदेश पलायनका कारण कास्की र तनहुँका ग्रामिण खेतीयोग्य जमिन बाँझै रहन गएको बताए। उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन राहात कोषबारे आवश्यक जानकारी जनस्तरसम्म नपुग्दा उक्त कोषको परीचालन सही रुपमा हुन नसकेको औल्याए। तनहुँको बन्दीपुर गाउँपालिकाले त्यहाँका सामुदायिक वनको विघठन गरी गम्भिर भुल गरेको पनि उनले त्यस अवसरमा जनाए।

पोखरा लेखनाथ महानगरपालिका वडा २२, कालिमाटीकी किसान सीता पोखरेलले बाँदरका कारण आफूहरुले निकै ठूलो सास्ती बेहोरेको बताइन् ।

महासंघ कास्कीका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको सो कार्यक्रम महासंघ कास्कीका सचिव दिनेश श्रेष्ठले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • लायन्स डेस्टिनेसनमा सन्तोष

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको वर्ष २०२३/०२४ मा सन्तोष शर्मा अध्यक्ष चयन भएका छन् । लायन्स क्लब डिस्ट्रिक्ट…
  • वाद्यवादन सामग्री विरतण

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा महानगरपालिका वडा १२ ले वडाका आमा समूहलाई वाद्यवादन सामग्री वितरण गरेको छ । बुधबार ९ आमा समूहलाई…
  • ६८ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ । कार्यक्रमको शुभारम्भ…
  • अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । १८ औं फेवा नव वर्ष महोत्सव सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि…

hero news full width