पोखरा, ७ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित सिग्देल परिवारमा शोक परेको छ।
पृथ्वीधर सिग्देल समाजकी सदस्य मनोहरा सिग्देलको ७४ वर्षका उमेरमा निधन भएको हो।
झण्डै १ वर्षदेखि क्यान्सरबाट प्रभावित उनको फिष्टेल अस्पतालमा उपचारक्रममा बुधबार निधन भएको हो। सिग्देलको पार्थीव शरीर बुधबार पोखरा रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ। शवयात्रामा आफन्त, शुभेच्छुक र परिवारजन सहभागी थिए। उनका ३ छोरा सूर्यकान्त, केशव र सञ्जयकान्त तथा ४ छोरी रेखा, साधना, सम्झना र सरोजा छन्। छोरातर्फ ८ र छोरीतर्फ १० जना नाति/नातिना छन्।
स्व सिग्देलका छोरा सूर्यकान्त नेपाल सरकार प्रदेश ५ का सचिव हुन्। केशव सामाजिक क्षेत्रमा क्रियाशील छन् भने सञ्जय कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सहित पर्यटन व्यवसायी हुन्।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९