हेमजा,७ चैत। वन डढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताहअन्तर्गत जिल्ला वन कार्यालय कास्कीको आयोजनामा अन्नपूर्ण गाउँपालिका-३, काँडेमा सडक र्याली सम्पन्न भएको छ।
हरेक वर्ष चैते पहिला हप्तालाई जिल्ला वन कार्यालय कास्कीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताहका रूपमा मनाउँदैआएको छ।
स्थानीय मराउँचे तथा ल्होसेपाखा रानीवन सामुदायिक वन उपभोक्ता समूहका सदस्य उक्त र्यालीमा सहभागी भएका थिए। जसको व्यवस्थापन इलाका वन कार्यालय ढिकुरपोखरीले गरेको थियो।
कार्यक्रममा इलाका वन कार्यालयका सहायक वन अधिकृत धु्रवबहादुर मल्लले उपभोक्ताले वनको दिगो व्यवस्थापनमा जोड दिँदै समुचित प्रयोग गर्नुपर्ने औल्याए।
कार्यक्रममा मराउँचे सामुदायिक वनका अध्यक्ष देव गिरी तथा ल्होसेपाखा रानीवन सामुदायिक वनका अध्यक्ष गमबहादुर गुरुङले पनि धारणा राखेका थिए।
कार्यक्रमबीच मराउँचे सामुदायिक वनका प्रतिनिधि भोलानाथ पौडेलको संयोजकत्वमा दुवै वनका सदस्य रहने गरी ९ सदस्यीय डढेलो नियन्त्रण संजाल गठन गरिएको छ। यसैबीच, वन डढेलो नियन्त्रणसम्बन्धी सप्ताहव्यापी सचेतना अभिवृद्धि कार्यक्रम कास्कीमा सम्पन्न भएको छ ।
जिल्ला वन कार्यालय कास्कीको आयोजनामा चैत्र १ देखि ७ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको कास्कीका जिल्ला वन अधिकृत केदार बरालले जानकारी दिए।
जिल्ला वन कार्यालयले जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले बैठक आयोजना गरी सम्पूर्ण सरोकारवालाको सहयोग र समन्वयमा वन डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले जिल्ला वन अधिकृत बरालले समितीलाई ६ सेट वन डढेलो नियन्त्रण औजार प्रदान गरेका थिए।
साताभर जिल्लाका विभिन्न ८ स्थानमा सचेतना गोष्ठी र र्याली, ८ वटा सामुदायिक वनमा वन डढेलो नियन्त्रणका अभ्यास, ५ वटा विद्यालयका विद्यार्थीलाई वन डढेलो नियन्त्रण र प्राकृतिक श्रोत संरक्षणसम्बन्धी शिक्षण लगायत कार्यक्रम सञ्चालन गरिएका थिए।
कार्यक्रममा जिल्ला वन अधिकृत केदार वरालले डढेलोले वन तथा जैविक विविधितामा विनास गर्ने, सुख्खापन बढाउनुका साथै जलवायु परिवर्तनमा समेत नकारात्मक असर पार्ने भएकाले यो वनको ठूलो शत्रु भएको बताए ।
शिशुवा इलाका वन कार्यालयका सहायक वन अधिकृत कमल लम्सालले डढेलोसँगै अवैध कटानी र वन्यजन्तुको अवैध शिकार गर्ने कार्य पनि गैरकानुनी भएकाले सो को रोकथाम गर्नु पर्ने विचार राखेका थिए।
कार्यक्रममा सहायक वन अधिकृत शालिकराम पराजुली, कीराको खोर सामुदायिक वन रुपा ६ का उपाध्यक्ष रामचन्द्र सापकोटा, लामपाटा सामुदायिक वनका रुपा ६ का अध्यक्ष सीता अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९