खैरेनीटार, ७ चैत । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आजदेखि १० औं खैरेनीटार महोत्सव शुरु हुँदैछ । आगामी चैत १९ सम्म चल्ने महोत्सवको आवश्यक तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दियो ।
महोत्सव प्रसार संयोजक तथा प्रवक्ता हरिबहादुर थापाले महोत्सवमा विज्ञान प्रदर्शनी, बाल उद्यान, राष्ट्रिय तथा स्थानीय हास्य कलाकारको प्रस्तुति रहने जनाए ।
त्यस्तै, खैरेनीटार बजार इकाइका सदस्यलाई प्रवेश टिकटमा विशेष छुट, कृषि प्रदर्शनीका लागि निःशुल्क स्टल, विभिन्न प्रतियोगितामा पुरस्कारको व्यवस्था, भलिबल प्रतियोगिताको प्रथम पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको जनाए ।
उद्घाटनमा विभिन्न समुदायका झाँकीले बजार परिक्रमा गरेर महोत्सव परिसरमा प्रवेश गर्ने कार्यक्रम रहेको छ । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किशान गुरुङले स्थानीय उत्पादनमा प्रोत्साहन गर्न, व्यावसायिक एकता कायम गर्न महोत्सव महत्वपूर्ण भूमिका रहने बताए ।
महोत्सवका मूल संयोजक पूर्णबहादुर कायस्थले महोत्सवबाट हुने आम्दानीले एक हजार क्षमताको बहुउद्देश्यीय भवन निर्माण गर्ने तथा स्थानीय व्यापारीलाई महोत्सवमा अन्यलाई भन्दा १५ प्रतिशत छुटमा स्टल बुकिङमा छुट गरिएको जनाए ।
महोत्सव निर्देशक हरिकुमार श्रेष्ठले महोत्सवमा ५ करोड बराबरको आर्थिक कारोवार गरिने र २ लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा रहेको जानकारी दिए ।
महोत्सव संरक्षक तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा प्रदेश ४ का उपाध्यक्ष कृष्णराज पण्डित, शुक्लागण्डकी नगरपालिका वडा ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेल लगायतले बोलेका थिए ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ सभापति तथा महोत्सवका संयोजक पूर्णबहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रममा स्वागत खैरेनीटार बजार इकाइ उपसभापति तथा महोत्सवका स्टल व्यवस्थापन संयोजक सुजित हिराचन र सञ्चालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए ।महोत्सव उद्घाटन प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीले गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९