लमजुङ, ६ चैत। आदर्श महिला तथा बालविकास केन्द्रका अध्यक्ष सानुमाया गुरुङले केन्द्रको अक्षयकोष सञ्चालनार्थ ४० लाख ११ हजार रुपैयाँ दान गरेकी छन्।
उनले सो केन्द्रका संस्थापक लमजुङका वरिष्ठ समाजसेवी लेखनाथ अधिकारीले पाँचौ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि वेशीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालमार्फत केन्द्रका कोषाध्यक्ष धनुदेवी पियालाई प्रदान गरेकी हुन्।
२०२४ सालमा तत्कालीन गिलुङ गाउँ पञ्चायतको उपप्रधानपञ्चको चुनाव लडेर २६ मतलेमात्र पराजित भएपछि समाजसेवामा लागेकी सानुमाया गुरुङले आजीवन अविवाहिता रहेर समाजसेवामा विभिन्न कार्यमा जुटेकी हुन्। दर्जन बढी सामाजिक संघसंस्थामा अवद्ध उनले पछिल्ला वर्ष उक्त बाल केन्द्रको अध्यक्ष रहेर बढी समय बिताएकी छन्।
‘भाइले बीएस्सी पढ्यो, आफूले पढ्न पाइनँ, पढ्छु भनेर अड्डी लिन पनि सकिनँ,’ उनले भनिन्, ‘त्यस बेलाको समय त्यस्तै थियो।’
८० वर्षीया उनले ऐले पनि कतिपय बालबालिकाले आर्थिक अवस्थाका कारणले पढ्न नपाएको सुन्ने गरेको र अब कोही पनि त्यसरी अनपढ हुनु नपरोस् र बालकेन्द्रलाई राम्रोसँग सञ्चालन गर्न सकियोस् भनी दान दिएको बताइन्।
पोखरास्थित लालीगुराँस टोलमा रहेको घडेरी बेचेर रकम संकलन गरेको बताउँदै उनले भनिन्, ‘केन्द्रको अक्षयकोष एक करोड बनाउने लक्ष्य छ, यो सपना लेखनाथ अधिकारीले देखाएका हुन्। त्यो पूरा गर्न सहयोगहोस् भनेर दान गरेकी हुँ।’
२०६० सालका ७ जना द्वन्द्व पीडित बालबालिकालाई लिएर थालनी गरिएको बालकेन्द्रमा हाल ५ जना बालिकासहित १३ जना बालबालिका रहेको केन्द्रका सचिव हुमा गुरुङले बताइन्।
यसअघि १६ जनालाई परिवारमा पुनःस्र्थापना गरिएको छ। तीमध्ये केशमान विकले ओभरसियर, प्रतीक्षा केसीले डिप्लोमा अध्ययन गरिरहेका छन् भने शान्ता विकले कक्षा १२ उत्तीण्ा गरिसकेकी छन्।
एक करोड अक्षयकोष बनाउने केन्द्रको अभियानमा दान दिने दाताको संख्या ६४ र कोषको रकम ७६ लाख पुगेको बताइएको छ । त्यसैगरी दैनिक १ रुपैयाँ दान गर्नेको संख्या १ सय ५५ रहेको पनि सचिव गुरुङले बताइन्।
प्रमुख अतिथि नगरपालिकाका प्रमुख अर्यालले सानुमाया गुरुङलाई धन्यवाद दिँदै यो सानो हृदयले गर्न सक्ने काम होइन भने। आफूले स्वर्गीय अधिकारीलाई सानैदेखि चिनेको भन्दै अर्यालले उनको राजनीतिक र सामाजिक पृष्ठभूमिबारे प्रकाश पारेका थिए।
सानुमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ अधिकारीका ज्येष्ठ सुपुत्र विनोद अधिकारीले स्वागत तथा केन्द्रका प्रथम उपाध्यक्ष हरिप्रसाद अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९