स्वेच्छिक अवकाशबारे मन्त्री-कर्मचारी जुहारी

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४

काठमाडौं, ६ चैत । नयाँ कानूनअनुसार निजामती कर्मचारीलाई स्वेच्छिक अवकाश दिने विषय विवादमा परेको छ । स्वेच्छिक अवकासमा जाने कर्मचारीको नामावली सार्वजनिक गर्ने मिति नजिकिएसँगै वर्तमान सरकारले स्वेच्छिक अवकास सुविधा खारेज गर्ने तयारी गरेको छ ।

सात वर्षको पेन्सन रकम एकमुष्ट दिँदा राज्यलाई ठूलो आर्थिक भार पर्ने, तीन वटै तहमा कर्मचारी अभाव खड्किने र अनुभवी कर्मचारीबाट काम लिनुपर्ने बेला उनीहरुलाई बिदाइ गर्दा राज्यलाई घाटा पर्ने भन्दै सरकारले स्वेच्छिक अवकाश खारेज गर्ने तयारी सरकारको छ ।

संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकास लिन इच्छुक कर्मचारीलाई राज्यले सेवा, सुविधा दिन नसक्ने प्रष्ट पारेका छन् । ‘राज्यलाई नचाहिने कर्मचारीलाई किन सेवा, सुविधा दिनुपयो’ मन्त्री पण्डितको तर्क छ, ‘यदि कोही अशक्त छ भने उसलाई बिदा गरिन्छ । काम गर्न सक्ने कर्मचारीलाई अवकास दिने पक्षमा सरकार छैन ।’ एक जना कर्मचारीलाई स्वेच्छिक अवकास दिँदा कम्तिमा ३२ लाख हाराहारीमा राज्यकोषको रकम खर्च हुन्छ ।

सात वर्षको पेन्सन रकम एकमुष्ट दिने सुविधा रद्द गर्ने गृहकार्य शुरु भइसकेको मन्त्रालय श्रोतले जनाएको छ । एक दुर्इ दिनभित्र उक्त प्याकेज रद्द भएको घोषणा गरिने श्रोतले जनायो ।

मन्त्रालयले खटाएको कार्यक्षेत्रमा नगएका कर्मचारीलाई एकपटक जान आग्रह गर्ने र नगएमा सेवा, सुविधा रोक्ने चेतावनी मन्त्री पण्डितले दिइसकेका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले भने मन्त्रालयका उच्च तहका कर्मचारीको मनोमानीले अनावश्यक रूपमा स्वेच्छिक अवकास सुविधा विवादमा तान्ने काम गरेको बताएका छन् ।

‘एकमुष्ट रकम दिएर स्वेच्छिक अवकास सुविधा दिने ऐन ल्याउँदा संसद् तथा सामान्य प्रशासन मन्त्रालय किन बोलेनन्, त्यसबेला नै किन राज्यलाई आर्थिक भार पर्छ भन्ने आवाज उठेन -’ ढकालको प्रश्न छ । ऐन ल्याउँदा २० हजार जना हाराहारीका कर्मचारीले स्वेच्छिक अवकास रोज्ने अनुमान थियो । ‘त्यसबेला अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको थियो,’ ढकालले भने । वर्षमा २/३ हजार हाराहारीमा कर्मचारीले स्वेच्छिक अवकास रोज्लान् भन्ने आँकलन गरिए पनि यो वर्ष ९ हजारले अवकास रोज्न चाहेकोले ठूलो संख्या देखिएको उनी बताउँछन् ।

सात वर्षको पेन्सन एकमुष्ट दिनु पर्‍यो भनेर विरोधका आवाज सुनिएको भन्दै उनले वषेनी पेन्सन दिनुपर्ने रकम राज्यले अन्यत्र खर्च गर्न सक्ने बताए । ‘३० अर्ब खर्च हुन्छ भनिएको छ । हो खर्च हुन्छ भने राज्यले जलविद्युत् आयोजना बनाओस्, स्वेच्छिक अवकास लिएका कर्मचारीले सेयर हाल्छन्,’ उनले भने । मन्त्रालयले खटाएको कार्यक्षेत्रमा किन कर्मचारी नगएका भन्ने प्रश्नमा अध्यक्ष ढकालले भने, ‘आधिकारिक ट्रेड युनियनसँग सुझाव नलिई ऐन, नियम, विधि, प्रक्रिया र मापदण्ड मिचेर मनलाग्दी तवरले कर्मचारी खटाइएको छ, सुधार गर्नुपर्छ ।’

उनले खटाएको ठाउँमा नजाने कर्मचारीबारे सरकारले कडाइका साथ अनुगमन गर्नुपर्ने तर त्योभन्दा अघि आधिकारिक ट्रेड युनियनको सुझाव लिनुपर्ने बताए । मन्त्रालयका उच्च तहका कर्मचारीको एकलकाँटे प्रवृत्तिले गर्दा कर्मचारी रमना बुझेर पनि तोकिएको कार्यक्षेत्र नगएको ढकालको तर्क छ । स्वेच्छिक अवकास सुविधा विवादित पर्नुको कारण-स्वभाविक रूपमा निवृत्तिभरणमा जाने कर्मचारी पनि स्वेच्छिक अवकासको चक्करमा लाग्नु हो । सात वर्षको पेन्सन रकम एकै पटकमा पाइने भएपछि स्वभाविक निवृत्तिभरणमा जाने बेला भएका कर्मचारी पनि स्वच्छिक अवकासप्रति लोभिएका हुन् । युनियनका महासचिव सुवोध देवकोटाले पुराना कर्मचारी नयाँ प्रणालीमा ‘अनफिट’ हुने भएकाले स्वेच्छिक अवकास सुविधा आवश्यक रहेको बताए । ‘निजामती सेवा ऐन ०४९ अनुसार जागिर खाएको कर्मचारी र्ँकर्मचारी समायोजन ऐन २०७४’ अनुसार काममा बस्दिनँ भन्छ भने उसलाई स्वेच्छिक अवकास रोज्न दिनुपर्छ’ उनले भने ।

गत असोज २९ मा सो ऐन प्रमाणीकरण भएको थियो । ऐनअनुसार स्वेच्छिक अवकास लिन ९ हजार १ सय ९१ कर्मचारीले निवेदन दिएका छन् ।

स्थानीय तहमा अहिले २० हजार कर्मचारी अपुग छन् । मन्त्रालयले खटाएका कर्मचारी रमना बुझेर पनि तोकिएको कार्यक्षेत्र नजाँदा प्रदेश र स्थानीय सरकारले प्रभावकारी काम गर्न सकेका छैनन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width