हेमजा, ६ चैत। बाल सञ्जाल पोखरा-२५, हेमजाको आयोजनामा मंगलबार बालमैत्री अभियानका लागि र्याली तथा अन्तक्रिर्या गरिएको छ। स्थानीय लामाचौताराबाट शुरु र्याली वडा कार्यालय परिसर पुगी सम्पन्न भएको थियो।
‘समृद्घ पोखरा लेखनाथको आधार घरघरमा बालमैत्री व्यवहार’ भन्ने मूलनाराका साथ महानगरपालिकाको सहयोगमा सो कार्यक्रम भएको हो।
महानगरपालिका वरिष्ठ अधिकृत ओमराज पौडेलले महानगर बालबालिकाको अधिकार प्राप्तिप्रति सचेत रहेको बताउँदै निकट भविष्यमै बालमैत्रीका विभिन्न ४३ सूचक पूरा गरी महानगरलाई बालमैत्री बनाउने तयारी गरिएको बताए।
वडा अध्यक्ष शोभाकर तिम्सिनाले बालबालिकाले आफ्ना समस्या वडा कार्यालयसमक्ष निर्धक्क राख्न सक्नुपर्नेमा जोड दिँदै तल्लो हेमजा र उपल्लो हेमजाको मेलबोट क्षेत्रमा बालउद्यान बनाउने तयारी वडाले थालेको जनाए।
सो अवसरमा बालमैत्री नगरकी सदस्य रमा त्रिपाठी, धवलागिरी बोर्र्डिङ स्कूलका संस्थापक शिवबहादुर रेग्मी, विष्णुपादुका माविका शिक्षक गोविन्द बास्तोला लगायतले बालमैत्री महानगरपालिकाको महत्वका बारेमा धारणा राखेका थिए।
हेमजास्थित विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका उक्त सचेतनामूलक र्यालीमा प्लेकार्ड सहित सहभागी थिए।
उनीहरुले सडक बालबालिकाको सुरक्षा गरौँ, छ महिनासम्मका बालबालिकालाई नियमित स्तनपान गराऔं, बालबालिकालाई श्रममा प्रयोग नगरौं, विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराऔं, बालविवाह अन्त्य गरौँ लगायत नारा अंकित प्लेड कार्ड बोकेका थिए।
वडा स्तरीय बाल सञ्जालका अध्यक्ष सन्देश बिकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन बाल सञ्जालका सचिव आकृति बास्तोलाले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९