पोखरा, ६ चैत । ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैदिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको गोंगबु, बानेश्वर र ललितपुरको सातदोबाटो शाखा फरक-फरक कार्यक्रमबीच मंगलबार उद्घाटन गरे ।
उक्त अवसरमा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई हृीवलचेयर वितरण गरेको छ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, बैंक अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बोलेका थिए ।
बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको जनाएको छ ।
यस्तै बैंकको शाखा ५२ वटा, कर्मचारी ३ सय ९९ जना, ग्राहक करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको जनाइएको छ ।
ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गरिरहेको छ भने बिनाधितो १५ लाख रुपैयाँसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताए। उनले बैंकले ७५ हजारदेखि ७५ करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९