हेमजा, ६ चैत। अन्नपूर्ण गाउँपालिका-२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माविमा नमूना विद्यालय कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
विद्यालयले नमूना विद्यालय निर्माणका लागि विद्यालय सुधार गुरुयोजनाको सन्दर्भमा सरोकारवाला विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, सल्लाहकार, नवनिर्वाचित जनप्रतिनिधि, स्थानीय तहका अधिकारी, शिक्षा अधिकृत, स्थानीय शिक्षाप्रेमी तथा समाजसेवी, श्रोतव्यक्ति, छिमेकी विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी, पूर्व विद्यार्थी मञ्च, गैरसरकारी संस्थाहरु, युवा संजाल, आमा समूह लगायतको उपस्थितिमा कार्यशाला गरेको हो ।
विद्यालय क्षेत्र विकास योजना अनुसार छनोट भएका नमूना विद्यालयलाई व्यवस्थापन गर्न बनेको निर्देशिका २०७४ को मर्म तथा उद्देश्य अनुरुप कार्यशाला भएको जनाइएको छ ।
शिक्षा विभागद्वारा नमूना विद्यालय विकासका लागि छनोट भएको सो विद्यालयलाई उच्च सिकाइ उपलब्धियुक्त, सबैको पहुँच भएको भौतिक सुविधा सम्पन्न, अपा· तथा बालमैत्री, आधुनिक सूचना विधि तथा प्रविधिको प्रयोग हुने, अभिभावक र बालबालिकाको पहिलो रोजाईको विद्यालय बनाउने लक्ष्य लिइएको छ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक घनश्याम पौडेलले शिक्षाको गुणस्तर वृद्धिमा नेतृत्वदायी भूमिका खेल्न सक्ने नमूना विद्यालय बनाउने लक्ष्यका साथ विद्यालय सुधार गुरुयोजना निर्माण गर्न लागेको जानकारी दिए।
कार्यक्रमको सहजीकरण गुरुयोजना मसौदा तयारी समिति सदस्य यादवराज अधिकारी, घनश्याम पौडेल, चूडामणि अधिकारी, डा कृष्णप्रसाद भण्डारी, कृष्णप्रसाद अधिकारी, नारायणप्रसाद भण्डारीले गरेका थिए। गोठीमा भौतिक, शैक्षिक र व्यवस्थापकीय विकास, विद्यालय र समुदायबीचको सम्बन्ध तय गरिएको थियो। विभिन्न ४ वटा समूहहरु निर्माण गरी छलफल गरिएको उक्त कार्यक्रममा प्राप्त सुझावलाई प्रस्तुतिकरण तथा अभिलेखिकरण पनि गरिएको छ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, पूर्व विद्यार्थी डा कृष्णप्रसाद अधिकारी, गोविन्दप्रसाद अधिकारी, तुलसीप्रसाद अधिकारी, मुक्तिराम अधिकारी, पूर्व प्रधानाध्यापक रामचन्द्र सुवेदी, गाउँपालिकाका शिक्षा अधिकृत बलराम भुगाई, अभिभावक चिरञ्जीवी पौडेल, राजु सुनार लगायतले विद्यालयले योजना निर्माण मात्र नभै, यसको कार्यान्वयन गर्न र पारदर्शितामा जोड दिनुपर्ने बताएका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक कृष्णप्रसाद अधिकार, उद्देश्यमाथि प्रकाश प्रधानाध्यापक घनश्याम पौडेल र शिक्षक नारायणप्रसाद भण्डारीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९