पोखरा, ६ चैत। ‘सफा मुख र सफा स्वास्थ्य’ नारा सहित पोखराका निजी तथा सरकारी अस्पतालमा कार्यरत दन्त चिकित्सकले विविध कार्यक्रम गरी मंगलबार मुख तथा दाँत दिवस मनाएका छन्।
र्यालीका सभागीले सचेतनामूलक प्ले कार्ड बोकेका थिए । र्याली पोखराका विभिन्न भाग परिक्रमा गरी गण्डकी मेडिकल कलेजको प्रा·णसम्म पुगेको थियो ।
कार्यक्रममा गण्डकी मेडिकल कलेजका रवीन्द्रप्रसाद श्रेष्ठले मुख सफा हुँदा मानव स्वास्थ्यमा विभिन्न प्रकारका रोग लाग्ने भन्दै मुख नै पहिलेा द्वार भएकोले सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिए ।
दाँतमा समस्या आउँदा वा गिँजा तथा मुख संक्रमणका कारण चिनी रोग, मृगौला, मुटु र फोक्सो लगायत शरीरको महत्वपूर्ण अंगमा नकारात्मक असर देखिन सक्ने भएकोले मुख स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्ने सहभागी दन्त चिकित्सकले बताएका छन्।
दाँत मुख स्वास्थ्य राख्न बिहान बेलुका खान खाइसकेपछि राम्रोसँग पानीले कुल्ला गर्ने सम्भव भए ब्रस गर्ने, हरियो सागपात र रेसादार फलफूल तथा तरकारी मिस्रित पौष्टिक खाना खान सुझाएका छन्।
नेपाल डेन्टल एशोसिएशन गण्डकीका अध्यक्ष डा उमेश पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा निर्मल लामिछाने, डा टुमाया घले लगायतले मन्तव्व राखेका थिए।
कार्यक्रम सञ्चालन नेपाल डेन्टल एशोसिएसन गण्डकीका सचिव डा कमल चपाईले गरेका थिए।
Related News
सम्बन्धित समाचार
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
प्रभावकारी बन्दै ओएसटी कार्यक्रम
hero news full width
मुख्य समाचार
गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९