लेखनाथ, ६ चैत। डाँडाकोनाक प्रहरी चौकी इञ्चार्ज प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले उच्च माविमा अध्ययनरत विद्यार्थीमा लागु औषध दुर्व्यर्सनको उच्च जोखिम हुने भएकोले सचत रहनुपर्नेमा जोड दिएका छन् ।
छोराछोरी कलेज गए भन्दैमा अभिभावक ढुक्क भएर बस्ने होइन, उनीहरुको आनीबानी र साथीसंगीको संगतबारे छड्के चेकजाँच गर्नुपर्छ भन्दै उनले होशियारी अपनाउन समेत आग्रह गरे
सरस्वती टीका मावि, पोखरा-३३ मा कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीमाझ लागु औषध के हो, यससम्बन्धी दण्ड, जरिवाना सजायबारे जानकारी लगायत विषयमा प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ऋषिराज आचार्य, सामुदायिक प्रहरी शाखा इञ्चार्ज होतबहादुर रोका, लागु औषध नियन्त्रण रोकथाम वडा संयोजक एवं शिक्षक अभिभावक संघ अध्यक्ष गणेश ढकाल, भरतपोखरी प्रहरी चौकी इञ्चार्ज किरण रानाभाट, लेखनाथ सामुदायिक सेवा केन्द्रका सदस्य गंगाकुमारी खनाल, लेखनाथ सामुदायिक सेवा केन्द्रका प्रहरी इञ्चार्ज गंगाधर पौडेल, प्रअ लालप्रसाद भण्डारी, उच्च मावि संयोजक नन्दलाल काफ्ले लगायतले धारणा राखेका थिए ।
कार्यक्रमको सञ्चालन शिक्षक श्रीधर आचार्यले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९