लमजुङ, ६ चैत। लमजुङमा ट्राफिक सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता गरिएको छ।
बढ्दो सडक दुर्घटना ध्यानमा राखी रोट्रयाक्ट क्लब अफ लमजुङले रोटा सप्ताहका अवसर दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक स्लो बाईक रेस गरेको हेा ।
प्रतियोगितामा वेशीशहरका सुरेश श्रेष्ठले निर्धारित दुरी सबैभन्दा बढी समय लगाएर प्रथम भए। वेशीशहरकै अमृत विक दोश्रो र गुणराज सिलवाल तेश्रो भएका कार्यक्रम संयोजक रुपेश खतिवडाले जानकारी दिए।
‘छिटो गए भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ’ भन्ने नाराका साथ आयोजित प्रतियोगितामा ४१ जनाले भाग लिएका थिए।
विजयीलाई हेलमेट, चेष्टगार्ड, बडीस्प्रे लगायत गिफ्टहृयाम्पर उपलब्ध गराएको थियो ।
अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लब अफ लमजुङले मार्च १३ देखि १९ सम्म विभिन्न कार्यक्रम तथा प्रतियोगिता गरी रोटा सप्ताह मनाएको छ। मार्च १३ अन्तर्राष्ट्रिय जगतमा रोट्रयाक्टको स्थापना दिवस भएकोले यो सातालाई वाषिर्क रोटा सप्ताहको रुपमा मनाईले क्लबका सचिव सुजन श्रेष्ठले जानकारी दिए।
रोटा सप्ताहको अवसरमा यसअघि क्लबले लमजुङ जेसीससँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता, लागुपदार्थ दुर्व्यर्सन न्यूनीकरणसम्वन्धी सचेतनामूलक छलफल लगायत कार्यक्रम गरिसकेको छ।
Related News
सम्बन्धित समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
३३ कार्यालय प्रमुखमाथि कारबाही
प्याराग्लाइडिङबाटै टुरिजमपाना विमोचन
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९