लेखनाथ, ६ चैत। लायन्स क्लब अन्तर्राष्ट्रियका प्रथम उपाध्यक्ष गुड्डुन विजोड एडभा डोटीरलाई एक कार्यक्रमबीच मंगलबार लेखनाथको सामुदायिक लायन्स अस्पतालमा स्वागत गरिएको छ।
स्थानीयस्तरमा महायज्ञ गरी निर्माण गरिएको अस्पतालमा लायन्स क्लबको तर्फबाट विभिन्न समयमा प्रदान गरिएको सहयोग र उपकरणबारे स्थलगत अवलोकन गर्न आएको टोली अस्पताल परिवार र लायन्स क्लब अफ लेखनाथले स्वागत गरेको हो।
अस्पतालबारे जानकारी लिएकी अन्तर्राष्ट्रिय लायन्स क्लबकी नोमिनी अध्यक्ष डोटीरले सेवाको भावले जनताबाट जनताकै स्वास्थ्य सुविधाका लागि गरिएको काम अन्तर्राष्ट्रियस्तरमा समेत उदाहरणीय काम भएको भन्दै उच्च प्रशंसा गरिन्।
अस्पताल निर्माणमा आफ्नो सबै सम्पत्ति दिएर सेवाभावले अघि बढेका बाबु रेवती रमणरमण पौडेल र आमा शान्ता पौडेलको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय लायन्स क्लबको अझ बढी सहयोग रहने विश्वास दिलाइन् ।
अस्पताल अध्यक्ष मेजर रामप्रसाद तिमिल्सेनाले अस्पताल स्थापनादेखि वर्तमान अवस्थाबारेमा जानकारी गराएका थिए ।
यस्तै, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश भटराईले अस्पतालले प्रदान गरेका सेवासुविधाबारे बोलेका थिए ।
लायन्स क्लब ३२५ वी १ नेपालका गर्भनर धनराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन सचिव चण्डी अर्यालले गरेका थिए।
सोही अवसरमा लेखनाथ लायन्स क्लबले निर्माण गरेको सचिवालय सहितको सभाहल उद्घाटन गरियो ।
यस्तै, लायन्स क्लब लेखनाथले सञ्चालन गरेको बाख्रा पौंचो कार्यक्रमबाट प्रदान भएका बाख्रा किसानलाई वितरण गरिएको थियो।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९