पोखरा, ३० फागुन । पोखराको बीच भाग भएर बग्ने फिर्के खोलाको सिमाना छुट्याउन रेखांकन कार्य शुरु भएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाले वडा १८, सराङकोट फेदी अँधेरीकुनाबाट शुरु भई पस्र्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखांकन गर्ने कार्य बुधबार बिहानबाट शुरु भएको हो ।
महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखांकन थालिएको महानगरले जनाएको छ । खोला संरक्षण तथा फुटट्रयाक बनाउने उद्देश्यका साथ महानगरपालिका यसरी अघि बढेको हो । फिर्के खोला किनारमा ५ मिटरको मापदण्ड तोकेर कुनै पनि संरचना बनाउन निषेध गरिएको छ । एक हप्ताभित्र सक्ने लक्ष्य राखेर फिर्के खोलाको रेखांकन शुरु गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखांकन शुरु गरिएको र यो फिर्केको मुहान सराङ्कोटको फेदीसम्मै गरिने उनले बताए ।
महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई धन्यवादसहित बधाई र नमिच्नेलाई बिदाइ गरिने चेतावनी दिए । फिर्केको कहाँ, कसले र कति जमिन मिचेको पत्ता लगाएर रेखांकन गर्ने भन्दै उनले भने, ‘फिर्के खोलाको क्षेत्रफल कति हो, त्यसमा लागू गरिएको ५ मिटरको मापदण्ड पालना छ कि छैन, मिचेको हो भने कसले कति मिचेको हो भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई बिदाइ गरिन्छ ।’
जिसीले रेखांकन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने बताए । त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनले बताए ।
पहिलो चरणमा फिर्केको रेखांकन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखांकन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने प्रमुख जिसीले जानकारी दिए ।
यस्तै, बुलौदी खोलाको पनि रेखांकन गर्ने महानगरपालिकाले जनाएको छ । फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटरसम्म फराकिलो छन् । खोलाको किनारबाट दुवैतर्फ ५/५ मिटर मापदण्ड लाग्न महानगरपालिकाले जनाएको छ । यी खोलामाथि कतिपय स्थानमा अतिक्रमण गरेर घर, समाज भवन, लायन्स क्लब, विद्यालय समेत बनेका छन् ।
Related News
सम्बन्धित समाचार
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
पोखरा महानगरको प्रमुखमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९