मुक्तिनाथको ब्राण्ड एम्बेस्डरमा धुर्मुस-सुन्तली

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७४

पोखरा, ३० फागुन । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे -सुन्तली) लाई मुक्तिनाथ विकास बैंकले ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। सोसम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट धुर्मुस तथा सुन्तली दस्तखत गरे ।

कार्यक्रममा बैंकको सञ्चालक समितिका सदस्य, संस्थापक सेयरधनीहरु र विभागिय प्रमुखहरुको उपस्थिति  थियो।

कार्यक्रममा बैंकले धुमुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको उद्देश्य बारेमा प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।  उनले धुर्मुस र सुन्तलीको कलाकारिता तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानबाट प्रभावित भई बैंकले पनि आफू सक्दो सामाजिक क्षेत्रमा सहकार्य गरेेकोले उनीहरुलाई चयन गरेको बताए। यो सहकार्यबाट दुवैले सामाजिक उत्तरदायित्वका कार्यहरुमा थप मिलेर जान सकिने बताए ।

धुर्मुस र सुन्तलीले बैंकसँगको सहकार्यमा निकै नै गर्व महसुुस भएको बताए । बैंकले पोखरा सरसफाइ तथा बाग्मती सरसफाइ महाअभियानमा देखाएको सक्रिय र निरन्तर साथले यो बैंकका सबै कर्मचारीमा पनि समाज सेवा गर्ने र देशको असल नागरिकको भूमिका निर्वाह गर्ने अठोट रहेको आफूहरुले पाएको बताए ।

कार्यक्रममा बैंकका संचालक समिति सदस्य नारायणकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।

बैंकले यो सहकार्यबाट आगामी दिनमा आफ्नो व्यवसाय प्रवर्द्धनात्मक क्रियाकलाप, सामग्री तथा बैंकको कार्यक्रममा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरु“ले जनाए ।

Related News

सम्बन्धित समाचार

  • सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने

    आदर्श समाज सम्वाददाता असाेज १७, २०८१
    पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा…
  • बाढीपहिरामा परी २२८ जनाको मृत्यु

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    काठमाडौं । हालैको बाढीपहिरामा परी २ सय २८ जनाको मृत्यु भएको छ । २५ जना बेपत्ता छन् । अन्य एक…
  • दाउन्ने सडक डेढ फिट भासियो

    आदर्श समाज सम्वाददाता असाेज १६, २०८१
    नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी…
  • २०९ को मृत्यु, २९ अझै बेपत्ता

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा । मुलुकभर ३ दिनयता परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २ सय ९…
  • अख्तियार पोखराबाट ९१ प्रतिशत उजुरी फछ्र्यौट

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८१
    पोखरा, १४ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखराले गत वर्ष झण्डै शत्प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । गत आव…

hero news full width