पोखरा, ३० फागुन। नेपाल कृषि श्रमिक संघ कास्कीको चोथौ अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा जीवनाथ सुवेदी, सचिवमा निर्मल पौडेल, सहसचिवमा राजेन्द्रविक्रम शाही, कोषाध्यक्षमा वसन्त पौडेल छन्। समिति सदस्यमा पुष्पराज भट्टराई, विष्णु आचार्य र रेशमलाल पौडेल छन्। अधिवेशन नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशवराज भट्टराईले उद्घाटन गरेका थिए। कार्यक्रममा उनले श्रमिकलाई संगठित गर्ने र उनीहरुको क्षमता अभिवृद्विका लागि पहल गर्ने बताए।
त्यस अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष घनश्याम रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेस युवा समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल यातायात मजदूर संघ प्रदेश ४ का संयोजक किरणबाबु पन्त, नेपाल गृह श्रमिक संघ कास्कीका अध्यक्ष लालिमाया रेग्मी, नेपाल कारखाना श्रमिक संघ कास्कीका अध्यक्ष किरण अधिकारी, नेपाल इम्ब्रोडरी सिलाइ बुनाइ श्रमिक संघ कास्कीका अध्यक्ष कल्पना कँडेलले बोलेका थिए।
नेपाल कृषि श्रमिक संघ कास्कीका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव निर्मल पौडेलले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९