लमजुङ, ३० फागुन। वेशीशहर बजार क्षेत्रमा संकलित फोहरबाट प्रतिदिन ४ दशलमव ४३ किलोवाट विद्युत् उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ। वैकल्पिक ऊर्जा प्रबद्धन केन्द्रले गरेको प्रारम्भिक सर्भेबाट त्यसको पुष्टि भएको हो।
केन्दका उपनिर्देशक डा नारायण अधिकारीका अनुसार वेशीशहर बजार क्षेत्रमा गरिएको प्रारम्भिक सर्भेका क्रममा दैनिक २ दशलमव ३ टन फोहर संकलन हुने र संकलित फोहरमध्ये १ दशलमव १५ टन फोहर बायोग्यास प्रविधिमा प्रयोग गर्न सकिने बताए। त्यसबाट ४ दशमलब ४३ किलोवाट विद्युत् निस्कने र उक्त विद्युत् ५० घरमा बिजुली बाल्न पुग्ने उल्लेख गरे।
केन्द्रले नगरपालिकाको फोहरलाई ऊर्जा परियोजनाअन्तर्गत वेशीशहरको फोहरको अवस्थाका बारेमा प्रारम्भिक अध्ययन गरेको हो। नगरपालिका र केन्द्रबीच गत असोज २४ गते सम्झौता भई सो काम थालिएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जानकारी दिए। उनका अनुसार बजारवासीमा फोहर गर्न नडराउने तर फोहरदेखि भाग्ने प्रवृत्ति रहेकोले वायोग्यास प्लान्टबाट फोहरालाई मोहर बनाउन यो परियोजना अघि बढाइएको हो। बजारको फोहरबाट दैनिक ६४ दशमलव ४ घनमिटरको वायोग्यास उत्पादन गर्न सकिने औसत तुलना गर्दा त्यो ३ वटा एलपीजी ग्यासको सिलिण्डर बराबर हुने कार्यक्रममा सहजीकरण गर्दै आएको केन्द्रका ऊर्जा विज्ञ सुसिम अमात्यले दिए। उनले बायोग्यास र विद्युत्को अतिरिक्त दैनिक २ सय ३९ किलोग्राम कम्पोष्ट मल समेत वायोग्यास प्लान्टबाट निस्कने बताए।
यहाँ निर्माण हुने वायोग्यास प्लान्ट ६४ दशलमब ४ घनमिटरमध्ये प्रतिघनमिटर २२ हजार खर्च हुन्छ। यो रकम करिब डेढ करोड रुपैयाँ बराबर हो। तर यसमा जग्गा र अन्य आवश्यक प्रक्रियाको लागि थप रकम छुट्टै लाग्छ केन्द्रका उपनिर्देशक डा नारायण अधिकारीले भने। उनका अनुसार केन्द्रले विश्व बंैकको सहयोगमा ४० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ। नगरपालिकाले आवश्यक प्रक्रियासहित जग्गा उपलब्ध गराउनु पर्छ। समयमै काम शुरु गर्न सके अबको करिब १ वर्षमा सम्पन्न हुने अनुमान प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। उक्त योजनाको विस्तृत अध्ययन हुन भने बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९