हेमजा, ३० फागुन। ज्येष्ठ नागरिक समिति हेमजा तथा हेमजा भूपू सैनिक कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा मंगलबार निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।
हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त शिविरमा ५ सय ५ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये ४१ जनामा मोतियाबिन्दुको समस्या भेटिएको हिमालय आँखा अस्पतालका नेत्र सहायक शशिकला लामिछानेले जानकारी दिइन्।शिविरको वडा अध्यक्ष शोभाकर तिम्सिनाले उद्घाटन गरेका हुन्। आफूहरुले ज्येष्ठ नागरिकमा आँखासम्बन्धी रोग अत्यधिक हुने भएकाले उनीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको ज्येष्ठ नागरिक समिति हेमजाका अध्यक्ष नीलकण्ठ पौडेलले बताए।
शिविरमा हिमालय आँखा अस्पतालका नेत्र सहायक शशिकला लामिछानेको नेतृत्वमा वीरेन्द्र सैनिक अस्पताल काठमाडौंका प्राडा राम श्रेष्ठ, मे टेकबहादुर कुँवर, श्यामबहादुर कुँवर, एकबहादुर कुँवर, सीताराम थापा लगायतको टोली खटिएको थियो।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९