नेपाली आकाशमा हवाइ दुर्घटना

आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७४

काठमाडौँ, २९ फागुन  : नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ।

सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक/पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ। तर प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ। नेपालभित्रै भएका ठूला हवाई दुर्घटनामध्ये युएस बंगला एयरको विमान दुर्घटना आठौँ ठूलो हो। कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ। त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ। तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दैआएको छ। समस्या न्यून हुनुको साटो बढ्दै गएको छ। समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रूपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकता समेत महसुस भएको छ।

युएस बंगला विमानको दुर्घटनापछि हवाई सुरक्षाका विषयमासमेत चासो र चिन्ता बढेको छ। विभिन्न खालका आशंका र अनुमान पनि आएका छन्। तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सर्न्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारहरूको भनाइ छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्व महानिर्देशक राजेशराज दली विगतमा भएका दुर्घटना जाँचबुझ आयोगले सिफारिश गरेको प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिएको बताउनुहुन्छ।

उनले भने-“दुर्घटना जाँचबुझ आयोगको सिफारिश अक्षरशः कार्यान्वयन गर्नेतर्फ तदारुकता देखाउनु जरुरी हुन्छ। तर किन त्यस्ता प्रतिवेदन कार्यान्वयन भएनन् भन्नेतर्फ कसैको ध्यान गएको पाइँदैन।”

सोमबारको दुर्घटनाले हवाई सुरक्षाको पाटोमा समेत असर पर्नसक्ने देखिएको छ। पूर्व महानिर्देशक दलीका विचारमा हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमा समेत अध्ययन हुनुपर्दछ।

हवाई दुर्घटनालाई नजिकबाट नियाल्ने हो भने विमानस्थलमै भएको यो पहिलो ठूलो दुर्घटना हो। यसअघि दुर्इवर्ष पहिले र्टर्किस एयरको विमान दुर्घटनामा परेको थियो। तर सो दुर्घटनामा वायुयानमा क्षति पुगे पनि मानवीय क्षति भने भएको थिएन। दुर्घटनामा परेको र्टर्किस एयरको जहाज प्रयोग गरेर क्याप्टेन वेद उप्रेतीले हवाई संग्रहालय बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width