चितवन, २९ फागुन। औद्योगिक वातावरण तयार गरी चितवन, नवलपुर र मकवानपुर सहितको औद्योगिक राजधानी बनाउने उद्देश्य सहित यहाँका व्यवसायीले उद्योगहरुमा सुरक्षा स्टीकर अभियान सञ्चालन गरेका छन्।
चितवन उद्योग संघले उद्योगको सुरक्षाका लागि सशस्त्र प्रहरीसँगको सहकार्य गरी चितवन र नवलपरासीको नवलपुरका ठूला उद्योगहरुमा औद्योगिक सुरक्षा स्टीकर टाँस्ने अभियान शुरु गरेको हो।
स्टिकरमा सशस्त्र प्रहरीका विभिन्न युनिटहरु र उद्योग संघ चितवनको फोन नम्बर उल्लेख गरिएको छ। विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटार, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय भण्डारा, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासी, औद्योगिक सुरक्षा वेस दलदले नवलपुर, सुरक्षा वेस मुकुन्दपुर नवलपुरको फोन नम्बर स्टीकरमा उल्लेख गरिएको छ। कुनै पनि उद्योगमा समस्या आएमा तत्काल सशस्त्र प्रहरीलाई खबर गर्न सकिने छ।
संघका अध्यक्ष भेजराज दुवाडीले उद्योगमा जस्तोसुकै अप्ठ्यारो परेको समयमा पनि सशस्त्र प्रहरी र उद्योग संघ तत्काल उपस्थित भई समस्याको समाधान खोज्नका लागि अभियान सञ्चालन गरिएको दिए।
सुरक्षादेखि दैविक विपत्तीसम्मका सबै समस्या समाधान गर्नका लागि यो अभियान सञ्चालन गरिएको बताउँदै दवाडीले यसले यस क्षेत्रमा औद्योगिक वातावरण तयार भई लगानीकर्ता आकषिर्त हुने दिए। उनले जिल्लाको शक्तिखोरमा बन्दै गरेको औद्योगिक क्षेत्रमा लगानी भित्राउन आवश्यक रहेको भन्दै चितवन, नवलपरासीको नवलपुर र मकवानपुर सहितको उपत्यकालाई औद्योगिक राजधानीको रुपमा विकास गर्न पहल भइरहेको दिए।
बिहीबार रत्ननगरको होटल स्टार बैंकेटबाट शुरु भएको अभियानअन्तर्गत ३२ वटा उद्योगमा स्टिकल टाँसिएको थियो। ठूला उद्योगमा टाँसी सकेपछि वस्तुगत समितिमार्फत् अन्य साना उद्योगमा पनि स्टिकर टाँसीने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९