प्राज्ञिक विद्यार्थी परिषदको अधिवेशन पोखरामा

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७४

पोखरा, २९ फागुन।  प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेशन आगामी चैत १७ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ ।

अधिवेशनमा भाग लिन ७७ जिल्लाबाट करिब १ हजार १ सय जना विद्यार्थी, शिक्षक र शिक्षाविद्को प्रतिनिधित्व रहने विद्यार्थी परिषद पोखरा इकाइले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

अधिवेशनमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयको समसामयिक शैक्षिक अवस्था, यसको सुधार एवम् परिमार्जनबारे छलफल गरी प्रस्ताव पारित गरिने कार्यक्रम छ।

देशको सुरक्षा, महिला सुरक्षा र जनजाति लगायत समसामयिक विषयमा समेत अधिवेशनमा छलफल र प्रस्ताव पारित गर्ने परिषदले जनाएको छ।

परिषद्का राष्ट्रिय महासचिव कँडेलले राष्ट्रियता, लोकतन्त्र, रोजगार र मूल्यमा आधारित शिक्षाका लागि ऐतिहासिक हुने बताए।

विश्वविद्यालय, क्याम्पस लगायत शैक्षिक संस्था दलीय राजनीतिको हस्तक्षेपहरुबाट मुक्त हुनुपर्छ भन्ने प्राज्ञिक विद्यार्थी परिषदको धारणा रहेको कँडेलले बताए।

उनले दलगत मान्यताबाट माथि उठेर परिषदले शिक्षा क्षेत्रमा काम गरेको उल्लेख गरे। उनले परिषदको सांगठनिक संरचना बनेको चर्चा गर्दै देशभरका चार सयभन्दा बढी क्याम्पसमा प्राज्ञिक विद्यार्थीको बलियो संगठन बनेको दाबी गरे।

अधिवेशनमार्फत युवालाई नयाँ दृष्टिकोण दिने कँडेलले बताए। देशभरिका युवाहरुमा एक विचार र एक ध्येयका लागि काम होस भन्ने कुरामा अधिवेशन लक्षित हुन्छ,’ कँडेलले भने, र्ँवर्तमान शैक्षिक, सामाजिक र राजनीतिक अवस्थाबारे युवाका लागि अधिवेशन रचनात्मक बन्नेछ।’

विभिन्न रचनात्मक क्रियाकलाप माध्यममार्फत सशक्त वैचारिक आन्दोलनका लागि २०५२ सालमा परिषद्को स्थापना भएको हो।

परिषदले विद्यार्थी शक्ति भनेको राष्ट्रको शक्ति हुनुपर्छ भन्ने मान्यता राख्दै आएको छ। केन्द्रदेखि, जिल्ला, नगर र क्याम्पस तथा विद्यालयका युवाबीच शैक्षिक नीति र पठनपाठन विषयमा कार्यक्रम सञ्चालन गर्दै आएको परिषदले जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…
  • सेनाले गर्‍यो बम डिस्पोज

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…

hero news full width