काठमाडौं, २८ फागुन । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणक्रममा सोमबार दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
७१ यात्रु रहेको विमानमा ३७ पुरुष, २८ महिला र २ बालबालिका तथा चालक दलका सदस्य ४ जना सदस्य थिए । विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, १ चिनियाँ र १ माल्दिभ्सका नागरिक थिए । ३३ नेपालीमध्ये २२ जना नेपालीको मृत्यु भएको छ ।
ज्यान गुमाउने नेपाली नागरिकमा शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूणिर्मा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशंकर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादव छन् । त्यस्तै, चालक दलका चारैजनाको मृत्यु भएको छ ।
नेपालीमध्ये १२ जना नेपालका मुख्य-मुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए । उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एक कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।
अपराहृन २ बजेर १८ मिनेटमा भएको दुर्घटनामा विमान जलेर ध्वस्त भएको छ । कोटेश्वरतिरबाट अवतरण हुनुपर्ने विमान पशुपतितर्फ लागेको जनाइएको छ । दुर्घटनापछि उद्धारमा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरी, चिकित्सक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायत खटिएका थिए । उनीहरुले विभिन्न अस्पतालमा घाइतेलाई उपचारार्थ पुर्याएका हुन् । नेपाली सेना मात्रै ७ सय जना खटिएको जनाइएको छ । दुर्घटनापछि मृतक र घाइतेका आफन्तको विभिन्न अस्पतालमा रुवाबासी चलेको थियो । उक्त दृश्यले वातावरण स्तब्ध बनेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रियस्थल त्रिभुवन अन्तर्राष्ट्रियस्थल नागरिक उड्डयन कार्यालयले सोमबार साँझ पत्रकार सम्मेलन गरी जहाजको अवतरण असाधारण देखिएकाले विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।
क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्नेमा दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि जहाजले आपत्कालीन घोषणा भने गरेको थिएन । जहाजको अवतरण असाधारण देखिएपछि विमानस्थल प्राविधिकले अन्य जहाजलाई आकाशमै होल्ड गराएको थियो ।
नागरिक उड्डयन कार्यालयका अनुसार काठमाडौँ मेडिकल कलेज सिनामंगलमा प्रिन्स धानी र सविना व्यन्जनकार, बंगलादेशी इमरान कविर, कविर हुसेन, रसिद हसन, निहेवी हसन, रजीन अब्दुल, डा इरजन, एसएचडब्लु ओरएन र सरीन अमितको उपचार भइरहेको छ । त्यस्तै, ग्रान्डी अस्पतालमा नेपाली किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारको तथा न्यूरो अस्पतालमा दिनेश हुनमागाईंको उपचार भइरहेको छ । त्यसैगरी मेडिसिटी अस्पतालमा केशव पाण्डे तथा नर्भिक अस्पतालमा विनोद पौडेल, वसन्त बोहरा, आशिष रञ्जित, सोनम शाक्यको उपचार भइरहेको छ । ओम अस्पतालमा भने बंगलादेशी राजवान हक्रुको उपचार भइरहेको छ ।
यता, दुर्घटनापछि बन्द विमानस्थल दिउँसो ४ बजेर ५० मिनेटमात्र खुलेको थियो । काठमाडौंमा अवतरण तयारीका लागि विमान लखनउ र ढाकातर्फ पठाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने बताएका थिए ।
उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताएका थिए । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरे ।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगलादेश विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गरेकी छन् ।
राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षत्रि्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१