महानगरको दोश्रो सभा

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७४

पोखरा, २८ फागुन । पोखरा लेखनाथ महानगरपालिकाको दोश्रो नगरसभा सोमबारदेखि शुरु भएको छ । कानूनकेन्द्रित सभा सोमबार केही समयमात्रै बसेर स्थगित भयो । सभामा ड्राफ्टका रुपमा आएका १८ वटा विधेयकबारे सामान्य छलफल भएको छ । थप छलफलका लागि चैत ६ गतेसम्मको लागि समय दिइएको छ ।

यस अवधिमा सम्बन्धित ऐन नियमका विषयविज्ञसँग छलफल गरेर अन्तिम दस्तावेज तयार गरिने मेयर मानबहादुर जिसीले जानकारी दिए । सोमबारको बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले कानून अभावले महानगरले देखिने गरी काम गर्न नसकेको भन्दै तुरुन्तै आवश्यक कानून निर्माण गरिसक्ने बताए ।

उनले यसको अध्ययन र सुझावका लागि सरोकारवालासँग आग्रह पनि गरेका छन् । ‘अहिलेका विधेयक विल्कूल स्थानीय तहसँग मात्रै सम्बन्धित छन् । अरु धेरै कानून पनि बनाउन बाँकी छ’, उनले भने-‘ती कानून प्रदेश र केन्द्रसँग नबाझिने गरी बनाउनुपर्छ । त्यसैले प्रदेशको नीति नियम कुनुपर्छ ।’

कार्यक्रममा एमाले सचेतक, विधायन समितिका संयोजक तथा वडा १९ का अध्यक्ष शोभामोहन पौडेलले ऐन, कार्यविधि ड्राफ्टमात्रै भएकाले सुधारका लागि सुझाव चाहिएको बताए । वडा ९ का वडाध्यक्ष तथा काँग्रेसतर्फका वडाध्यक्षका सचेतक रामराज लामिछानेले समन्वयकारी भूमिकाबाट महानगरलाई सक्षम बनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रमबाट विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगरपालिकाले विधेयकको रुपमा तयार गरेका १८ वटा कानूनी विधेयक सोमबार सभामा पेश गरे । महानगरीय कृषि ऐन, कृषि बजार प्रबर्द्धन ऐन, सहकारी ऐन, कर्मचारी व्यवस्थापन ऐन, कृषि नीति, पशु नीति, स्वास्थ्य नीति, सार्वजनिक निजी साझेदारी नीति तथा ऐन, शिक्षा कार्यविधि, एफएम रेडियो सञ्चालन कार्यविधि, योजना आयोग गठन कार्यविधि, विधायन समितिको कार्यविधि, फोहोरमैला व्यवस्थापन निर्देशिका, भवन मापदण्ड निर्देशिका, विज्ञापन नीति तथा निर्देशिका, न्यायिक समिति विधेयक, बजार अनुगमन निर्देशिका र उपप्रमुखसँग महिला कार्यक्रमको निर्देशिका सोमबारको सभामा पेश भएका छन् ।

विधायन समितिमा वडा ४ का अध्यक्ष शंकर बास्तोला र ११ का मोहन बास्तोला, वडा ५ का अध्यक्ष धनबहादुर नेपाली र वडा २१ का खगराज आचार्य सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • पोखरा १२ ले बनायो आफ्नै एप

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । पोखरा वडा १२ ले डिजिटल सेवा प्रवद्र्धन गर्ने उद्देश्यले मोबाइल एप संचालनमा ल्याएको छ । घरमा वा जहाँसुकै…
  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…

hero news full width