लमजुङ, २८ फागुन। प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘एक जिल्ला, एक कृषि उपज’ सहित किसान सम्मानित हुने गरी नीति ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।
क्ब्होलासोथार गाउँपालिका- ८ स्थित घाम्राङ गाउँमा आयोजित छैठौँ अलैँची महोत्सव उद्घाटन गर्दै उनले सो जानकारी दिए।
उनले उत्पादनमा विशेष कार्यक्रमले सम्बन्धित जिल्लाको पहिचान दिने नीति प्रदेश सरकारले ल्याउन लागेकोसमेत जानकारी दिए। त्यसका लागि लमजुङ अलैँचीको जिल्लाका रूपमा चिनिन सक्ने प्रशस्त सम्भावना रहेको आफूले अनुभव गरेको बताए।
त्यस्तै, तनहूँलाई सुन्तला, कास्कीलाई माछाका उत्पादन गर्ने जिल्ला बनाइने उल्लेख गरे। उनले भने, यसप्रकार प्रदेश ४ का सबै जिल्लामा त्यहाँको सम्भाव्यता अध्ययन गरी त्यसको निक्योर्ल गरिने छ।’
‘आधुनिक खेती र व्यावसायिक उत्पादन मार्फत् आम्दानी वृद्धि गरी कृषक सम्मान गर्ने, पूजा गर्ने र सिंगो कृषि क्षेत्रकै सम्मान बढाउने नीतिगत व्यवस्था गरिने छ, जसले गाउँघरमा बाँझा बन्दै गएका खेतबारीमा फेरि खेती लाग्न थाल्ने र विदेश गएका युवा गाउँ र्फकने र गाउँमा इज्जतपूर्वक बस्न सक्ने वातावरण बन्ने छ’, उनले भने।
त्यस्तै, उनले भने, ‘लमजुङ ‘अलैँची जोन’ भएकोमा खुशी व्यक्त गर्दै अब ‘सुपरजोन’ बनाउने लक्ष्यका साथ लाग्न कृषिसम्बद्ध सरकारी कार्यालय, संघसंस्था र कृषकलाई आग्रह गरे। उनले व्यावसायिक कृषिका लागि लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए र जुन राज्यले कृषिमा उचित लगानी गर्न सक्दैन त्यसले आर्थिक समृद्धि गर्न नसक्ने र कुनै समयमा भोकमरीको समस्या समेत भोग्नुपर्ने अवस्था हुन सक्छ तर हामी त्यो स्थिति आउन दिने छैनौँ ।’
प्रदेश सांसद मधुमाया अधिकारीले अलैँचीको उत्पादन र बजारीकरणका बारेमा प्रष्ट नीति निर्माण गरी योजनाबद्ध ढंगले लाग्ने बताए। पूर्वसांसद जमिन्द्रमान घलेले विदेशी मुद्रा आर्जन गर्ने दरिलो स्रोतमध्ये एक रहेको अलैँचीको उत्पादन, गुणस्तर निर्धारणदेखि उचित मूल्य र स्वेदशी तथा अन्तर्राष्ट्रिय बजार प्रबन्ध गर्ने कार्यमा सरकारले चासो दिनुपर्ने बताए।
अलैँची व्यवसायी महासंघका संरक्षक राजेन्द्र घिमिरेले आफूहरूले विशेष पहल गरी नेपालको अलैँचीको छुट्टै ट्रेडमार्क प्राप्त गरेको र अबका दिनमा भारतका अतिरिक्त खाडी मुलुक र बंगलादेशमा यसलाई दर्ता गर्नका लागि प्रयास भैरहेको बताए। सो कार्यक्रममा केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, उपाध्यक्ष राजकुमार कार्की, एमालेका जिल्ला सचिव कृष्ण अधिकारी, काँग्रेसका जिल्ला सदस्य गमप्रसाद गुरुङ सहित विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिले आ- आफ्नो धारणा राखेका थिए।
अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङ तथा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका संयोजक अजय तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका सचिव मखन गुरुङले स्वागत क्ब्होलासोथार गाउँपालिका- ८ का वडाध्यक्ष राजु गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।
‘अलैँचीको गुणस्तर सुधार हाम्रो साझा अभियान’ नाराका साथ सञ्चालित दुर्इदिने महोत्सवको पहिलो दिन ‘अलैँचीको गुणस्तर सुधार, अलैँची खेती र बजार व्यवस्थापन सम्बन्धमा अलैँची किसान, प्राविधिक र व्यवसायीका विचमा अन्तक्रिर्या’ कार्यक्रम गरिएको थियो।
अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङ तथा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा भएको महोत्सवमा लमजुङ अतिरिक्त पूर्वका पाँचथर, तेह्रथुम, इलाम, झापा, धनकुटासहितका १४ जिल्लाका अध्यक्ष सहितका प्रतिनिधि सहभागी थिए ।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०