म्याग्दी, २८ फागुन : बेनी नगरपालिका ५ डडुवाकी कौशिला परियार आँगनमै रहेको धारामा नियमित खानेपानी आउन थालेपछि दंग परेका छन् ।
“डेढ-दुर्इ घण्टा लगाएर गाग्री, ग्यालिन, ड्रम, बोतलमा पानी ओसार्नुपर्ने वषौर्देखिका दुःखका दिन गए,” साठी वषीया परियारले भने-“अहिले आँगनको धारामा नियमित पानी आउन थालेपछि सुविधा भयो।”
घरमा उपभोग गर्ने र गाईबस्तुलाई खुवाउने पानी ल्याउन, नुहाउन, कपडा धुनका लागि कुवा, खोल्सा र पधेरामा पुगेर घण्टौं पालो पर्खिएर पानी ओसार्ने गर्दै आउनुभएकी डडुवाकी टीका शाहीको दैनिकी फेरिएको छ।
“बिहान उठेदेखि नसुत्दासम्म पानीको जोहो गर्दा गर्दै दिन बित्थ्यो,” शाहीले भने-“घरमै पानी आउन थालेपछि समयको वचत र सुविधा भएको छ।” परियार र शाही मात्र नभएर ९३ घरधुरीको बसोबास रहेको डडुवा गाउँका बासिन्दाको दैनिकी लिफ्ट प्रविधिको खानेपानी आयोजना सञ्चालन भएसँगै परिवर्तन भएको छ।
पुलाचौर डडुवा लिफि्टङ खानेपानी तथा सरसफाइ आयोजनामार्फत फेदीको पानी डाँडामा पुर्याएर घरघरमा वितरण गरिएपछि स्थानीयवासी दंग छन्। डडुवाका बासिन्दाले मंगला गाउँपालिका १ पूर्णगाउँको गाजाबाङ भन्ने ठाउँबाट पानी ल्याएर उपभोग गर्दै आएका थिए।
२०४३ सालमा निर्माण भएको उक्त आयोजना जीर्ण हुँदा पर्याप्त खानेपानी आपूर्र्ति हुन नसक्दा हिउँदको समयमा कुवा, खोल्सा र धाराको पानी उपभोग गर्नुपर्ने बाध्यता थियो। गाउँभन्दा माथि पानीको स्रोत नभएकाले लिफ्ट प्रविधिको आयोजना निर्माण गरिएको उपभोक्ता समितिका सचिव डम्मरबहादुर बानियाँले जानकारी दिए।
“धेरैलाई फेदीको पानी तानेर गाउँमा पुर्याउने योजनामा विश्वास लागेको थिएन तर प्रविधिको विकासले गर्दा नसोचेको सफलता पायौं,” बानियाले भने। सौर्य ऊर्जाको प्रयोग गरेर डडुवा गाउँको फेदीमा रहेको पैरापानीको मुहानको पानी ३ सय ५० मिटरमाथि भेंडाखोर भन्ने ठाउँमा निर्माण गरिएको रिर्जर्भ टंकीमा पुर्याएर पाइपलाइनमार्फत घरघरमा वितरण गरिएको छ।
त्रियानब्बे घर, एउटा विद्यालय र एउटा मन्दिरमा निजी धारामार्फत खानेपानी वितरण गरिएको सचिव बानियाले बताए। उनका अनुसार पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना, जिल्ला समन्वय समिति, बेनी नगरपालिका र उपभोक्ताको एक करोड ३३ लाख रुपैयाँको लागतमा आयोजना निर्माण भएको हो। कूल २६० वाट क्षमताको १२० वटा सोलार प्यानलमार्फत पाँच हजार वाट क्षमताको ४ वटा पम्प सञ्चालन गरेर प्रति पाँच सेकेण्डमा ११ लिटरका दरले पानी आपूर्र्ति गराइएको छ। इन्टेकबाट बीस हजार लिटर क्षमताको रिर्जर्भ टंकीमा संकलन गरिएको पानी १७५ मिटर माथि रहेको १० हजार लिटर क्षमताको अर्को टंकीमा पुर्याई त्यहाँबाट पुनः पम्पिङ गरेर थप १७५ मिटर माथि भेंडाखोरमा रहेको २० हजार लिटर क्षमताको टंकीमा पुर्याइएको छ।
२०६९ सालमा सर्वेक्षण भई २०७२ देखि निर्माण शुरु गरिएको आयोजना यही महिना सम्पन्न भएको हो। आयोजना निर्माणका लागि ९३ घरधुरी उपभोक्ताले ५० दिन भन्दा बढीका दरले श्रमदान गरेका स्थानीयवासी कृष्ण खत्रीले बताए। नगरपालिकामा समावेश भएपनि डडुवा गाउँमा भौगोलिक रूपमा विकट छ।
आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि सबै उपभोक्ताको धारामा मिटर जडान गरी मासिक शूल्क संकलन गर्ने उपभोक्ता समितिका अध्यक्ष मोहन भण्डारीले बताए। डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना सफल भएपछि मालिका गाउँपालिका ७ बिममा यस्तै प्रविधिको अर्को आयोजना शुरु भएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव
यती एअर दुर्घटना: क्षतिपूर्ति हकदाबी गर्न आग्रह
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०