हेमजा, २८ फागुन। प्रदेश ४ मा नेपाली रेडियो नेर्टवर्कको सञ्जाल स्थापना गरिएको छ।
पोखरामा सम्पन्न प्रदेशस्तरको रेडियोको भेलाले रेडियो हेमजा पोखराका स्टेशन म्यानेजर परशुराम अधिकारीको संयोजकत्वमा समिति गठन गरेको हो।
समिति सहसंयोजकमा तीर्थ केसी (रेडियो सार्थक) र सदस्यमा दीपेश कडरिया, भूमि सुवेदी, छविलाल पाण्डे, दीपक श्रेष्ठ, गोपाल छन्त्याल, शंकर शर्मा, रमेश गोदार र पवन पौडेल रहेका छन्। समिति संरक्षक किशोरजंग थापा र ओमप्रकाश घायल रहेका छन्।
उक्त भेलाले गठित सञ्जालले प्रदेशस्तरीय समाचार बुलेटिन दैनिक उत्पादन गरी नेपाली रेडियो नेर्टवर्क मार्फत प्रदेशका सबै रेडियोबाट प्रसारण गर्ने, नेपाली बहसमा स्थानीय विषयलाई पनि उठान गर्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय निकायबाट सहयोग जुटाएर स्थानीय रेडियोलाई पनि उक्त सहयोग आदानप्रदान गर्ने, वान सीटी वान रेडियोको नीति कडाइसाथ कार्यान्वयन गर्ने लगायत महत्वपूर्ण निर्णय पनि गरेको छ।
त्यस्तै, साँझ ६ बजे जिल्लाका खबर र रिपोर्टलाई प्राथमिकता दिने, नेपाली खबरमा पनि प्रदेशका खबरका लागि केही व्यवस्था गर्ने, सहयात्री रेडियोबीचमा क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने, राम्रा कार्यक्रम एक अर्कामा आदानप्रदान गर्ने र विशेष घटनामा प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि गरेको नेर्टवर्कका अध्यक्ष ऋषि धमलाले जानकारी दिए।भेलालाई सम्बोधन गर्दै नेपाली रेडियो नेर्टवर्कका अध्यक्ष धमलाले रेडियोलाई पनि केन्द्र, प्रदेश र स्थानीय तहमा गरी विभाजन गरिनुपर्नेमा जोड दिए। उनले नेपाली रेडियो नेर्टवर्कले आवाजविहीन जनताका आवाज समेट्दै जाने प्रतिबद्घता व्यक्त गरे ।
कार्यक्रममा नेर्टवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारी र समाचार निर्देशक जीवन भण्डारीले सहजीकरण गरेका थिए।
नेपाली रेडियो नेर्टवर्कका अध्यक्ष धमलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेर्टवर्कका प्रबन्ध निर्देशक अधिकारी र समाचार निर्देशक भण्डारीले संयुक्त सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
जेठ ६, २०७९गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९